समाचार हेडलाईन न्युज

सक्रिय संक्रमितको संख्या २५ हजार नाघे पुन: लकडाउन गर्न सिफारिस

सुनकोशी न्युज
२०७७ असोज ७ गते बुधबार

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय संक्रमितको संख्या २५ हजार नाघे पुन: लकडाउन गर्न सिफारिस गरेको छ ।

बुधबार बिहान बसेको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले सक्रिय संक्रमितको संख्या २५ हजार नाघे पुनः लकडाउन गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

यस्तै मन्त्रालयले संक्रमणको जोखिम उच्च रहेको भन्दै जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्ने व्यवसायहरू कम्तिमा एक महिना नखोल्न समेत सिफारिस गर्ने भएको छ।

प्रकाशित मिति: बुधबार, अशोज ७, २०७७