विदेश

स्वास्थ्य समस्याको कारण जापानका प्रधानमन्त्रीले दिए राजीनामा

सुनकोशी न्युज
२०७७ भाद्र १२ गते शुक्रबार

टोकियो – जापानका प्रधानमन्त्री सिन्जो आबेले स्वास्थ्य समस्याको कारण देखाउँदै राजीनामा दिएका छन् ।

आबेले शुक्रबार पत्रकार सम्मेलनमार्फत राजीनामा दिएका हुन् । ६५ वर्षीय नेता सिन्जो पछिल्लो समय स्वास्थ्य समस्यासँग जुधिरहेका थिए । स्वास्थ्य समस्याका कारण उनी पछिल्लो दुई साताअघि मात्रै दोस्रो पटक अस्पताल भर्ना भएका थिए ।

जपानको इतिहासमै सर्वाधिक लामो अवधि प्रधानमन्त्री बनेका आबे पछिल्लो समय अल्सरेटिभ कोलाइटिसको समस्यासँग जुध्दैआएका छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०७७