विदेश समाचार हेडलाईन न्युज

रहेनन् भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जी

सुनकोशी न्युज
२०७७ भाद्र १५ गते सोमबार

काठमाण्डौ – भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको ८४ वर्षको उमेरमा निधन भएको छ ।

मस्तिष्कको शल्यक्रिया गर्नुअघि गरिएको परीक्षणमा कोरोना पुष्टि भएका मुखर्जीको उपचारका क्रममा निधन भएको हो ।

‘ब्लड क्लट’ का कारण उनको दिमागको शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि पूर्वराष्ट्रपति मुखर्जी कोमामा गएका थिए ।

उहाँ दिल्लीमा सेनाकाे आर एण्ड आर अस्पतालमा भर्ना हुनुभएकाे थियाे ।

प्रकाशित मिति: सोमवार, भदौ १५, २०७७