समाचार साहित्य हेडलाईन न्युज

कपनमा घरको छतबाट खसेर बिजुलीको तारमा परी घाइते

सुनकोशी न्युज
२०७७ भाद्र १६ गते मंगलबार

काठमाण्डौं । बुढानिलकण्ठ नगरपालिका वडा नं. १० कपनको मिलनचोकमा घरको छतबाट लडेर बिजुलीको तारमा खस्दा करेन्ट लागेर एकजना सख्त घाइते भएका छन् । सोही घरमा भाडामा बस्ने सोलुखुम्बुका मधु राई घरको छतमा त्रिपाल टाँग्ने क्रममा लडेर घाइते भएका हुन् ।

तीनतले घरको छतबाटबाट लडेका राई बिजुलीको तारहरुको गुजुल्टोमा खसेका थिए । थ्रिफेज लाइनको करेन्ट प्रवाह भैरहेको तारमा खस्दा उनको बाँया हात समेत डढेको छ ।

विजुलीको अर्थिङवाला तारमा खसेका कारण सो तारले उनलाई सडकमा फ्याकेको थियो । बिजुलीको झट्कासहित उनी सडकमा बजारिएका थिए ।

अर्धचेत अवस्थामा रहेका राईलाई स्थानीय र प्रहरीको सहयोगमा ओम अस्पताल पठाइएको प्रहरीले जनायो । अहिले उनको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनायो ।

सोलुखुम्बु निवासी राई कपन मिलनचोकमा परिवारसहित कोठाभाडामा बस्छन् । उनी घरमा रंग लगाउने काम गर्ने मजदुर हुन् ।

प्रकाशित मिति: मङ्लबार, भदौ १६, २०७७