मुख्य समाचार विदेश समाचार

चीनले गत जुलाईदेखि नै कोरोनाविरुद्धको खोप दिने गरेको खुलासा

सुनकोशी न्यूज
२०७७ भाद्र ९ गते मंगलबार
एजेन्सी । कोरोना संक्रमितको उपचारमा खटिएका र उच्च जोखिममा रहेका व्यक्तिलाई चीनले गत जुलाईदेखि नै खोप दिदै आएको खुलासा भएको छ । कोरोना संक्रमणविरुद्द अघिल्लो मोर्चामा काम गरिरहेका स्वास्थ्यकर्मी र कर्मचारीलाई चीनले कोरोना भाइरस विरुद्धको खोप दिने गरेको तथ्य बाहिर आएको हो ।

खोप परामर्शदाता, ज्वरो नाप्न खटाइएका कर्मचारी तथा कोरोना संक्रमितको आशंका गरिएको व्यक्तिलाई उद्धार गर्नेहरुलाई पनि दिइदै आएको अमेरिकी टेलिभिजन सीएनएनले जनाएको छ ।

चीनको राष्ट्रिय बायोटेक ग्रुप कम्पनी सिनोफार्मले विकास गरेको खोपको तेस्रो चरणको परीक्षण युएई, पेरु, मोरोक्को र अर्जेन्टिनामा गरिएको थियो । परीक्षण सफल भए पश्चात गत जुलाई २२ तारिखमा चीनको राष्ट्रिय स्वास्थ्य आयोगले स्वीकृती दिएको आयोगका विज्ञान तथा प्रविधि विकास केन्द्रका निर्देशक जेङ जोङवाईले बताएका हुन् । चीनले सो खोप उच्च जोखिममा रहेका व्यक्तिलाई मात्र दिने गरेको बताइएको छ ।

प्रकाशित मिति: मङ्लबार, भदौ ९, २०७७