समाचार हेडलाईन न्युज

नेकपा सचिवालय बैठक भदौ १३ गते बस्ने

सुनकोशी न्यूज
२०७७ भाद्र ९ गते मंगलबार
काठमाडौँ । सत्तारुढ नेपाल कम्युष्टि पार्टी नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पार्टीको सचिवालय बैठक भदौ १३ गतेलाई बोलाउने सहमति भएको छ ।

पार्टीका दुई अध्यक्षबीच दुई घण्टा लामो छलफलमा उक्त निर्णय भएको हो । भदौ १३ गते बस्ने बैठकमा प्रतिवेदनबारे छलफल हुने बताइएको छ ।

पार्टीको आन्तरिक विवाद समाधान गर्नका लागि सुझाव दिन गठीत कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल गर्न आज दुई अध्यक्षको बैठक बसेको थियो ।

भदौ १३ गते ११ बजे पार्टी सचिवालयको बैठक बोलाउने सहमति भएको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए।

प्रकाशित मिति: मङ्लबार, भदौ ९, २०७७