जीवनशैली साहित्य हेडलाईन न्युज

‘धेरै कमाउने सपना देख्दा बेचिन पुगें’

 

स्मीता निरौला, धनकुटा
सुनकोशी न्यूज
२०७७ भाद्र ९ गते मंगलबार

विदेशमा गएर धेरै कमाउने सपना देख्न थाले पछि दिनमा भोक न रातमा निद्रा लाग्नै छोड्यो धनकुटाकी रचना गुरुङ्गलाई ।कहिले विदेश पुग्ने र डलर कमाउने थाल्ने मनमा यस्तै सपना बुन्दै उनी कसरी कुन उपाय लगाएर विदेश जाने होला भन्न थालिन ।

सानो उमेरमा विवाह गरेकी रचनाको २१ वर्षको कलिलो उमेरमा दुइ सन्तानकी आमा भएकी उनलाई आर्थिक समस्या निकै टड्कारो थियो । गरिब परिवारमा हुर्किएकी उनलाई सधै कामको झटारो आफ्नो जन्म दिने आमा आफु ५ वर्षकी हुदा बित्नु भएकोले बुबाले कान्छि आमा ल्याउनु भयो । माइती घरमा पनि आर्थिक अभावमै पिरोलिएकी रचनालाई सधै पैसा कमाउने इच्छा जागिरहन्थ्यो ।

गरिब परिवार घरमा काम गर्दा गर्दा माइती घर जादा पनि भने जस्तो कोसेली लैजान नसकिने त्यसमा पनि कान्छि आमा भएकोले वास्ता गरिदैन थियो । कोसेली के नै लिएर आउछे र तिम्रो छोरीले भन्दै सोतिनी आमाले बुबासंग कुरा गरेको सुन्दा उनलाई पैसा कमाएर धेरै कोसेली लिएर माइती घर जाने सपना देख्थीन । साना दुइ छोरी श्रीमान खुट्टा आपङ्गता भएकोले घरको आर्थिक भार उनीसंगै थियो । श्रीमानले विदेश गएर कमाउन नसक्ने भए पछि अब म आफै विदेश जान्छु भन्ने उनलाई लागिरहन्थ्यो ।

काखको छोरी दुइ वर्षकी मात्र भए पनि अवत छोडन मिल्छ ! बुढापाका हुदै गएका सासु ससुरा अनि अपाङ्ग श्रीमान र दुइ छोरी छोडेर आफु विदेश जाने रचनाले अठोट गरिन र श्रीमानसंग सल्लाह गरिन् अब म विदेश गएर पैसा कमाउछु अनि अलिक सहज रुपमा घर खर्च गर्न सकिन्छ । यो पहाडको पाखो बारी यसको कमाइले तीन चार महिना पनि राम्रो संग खान पुग्दैन । पाँच जनाको परिवार कमाउने कोही नभएकोले सामान्य तरिकारले बाँच्न पनि निकै धौ–धौ भइरहेकोले रचनाको मनमा कमाएर ल्याउने अनि घर खर्च गरेर पनि पैसा जोगाएर राम्रो घर बनाउने यस्तै सोचमा थिइन ।

अर्काको मेलोपातमा गएर कमाएको पाथी बाह्र माना अन्न र दुइ चार सय रुपैया बिहान बेलुका थाक टार्न पनि निक्कै मुस्कील हुने ग¥थ्यो । अपाङ्ग खुट्टा लिएर पनि श्रीमान अर्काको काम गर्न जानुहन्छ साना दुइ छोरी कुरा बुझ्ने बेलाको भएका छैनन् । लाउन भने जस्तो दिन नसके पनि खान त पेट भरि दिन पाए हुन्थ्यो बुढा भएका सासु ससुरा काम गर्न उति सक्नुहुन्न बुढेसकालमा छोराले मनग्गे काम गर्न नसके पनि म बुहारी भए पछि उनीहरुलाई पनि हेर्नु पर्दछ भनेर उनी सोचिरहन्थिन ।
यसै बीचमा उनलाई आर्कषक प्रस्ताव आयो रु.१ लाखमा थाइल्याड पठाइ दिने यस्तो आर्कषक प्रस्ताव आइसके पछि उनी आकर्षित हुँदै तयारीमा लागिन । अझ आश्वासन दिनेले पनि कति अरुको मेलोपात गर्छौ जति काम गरे पनि खान सम्म पुग्दैन थाइल्याडमा महिनाको एक लाख सम्म कमाउन सक्छौ भने पछि रचनाले आफु जान लाग्ने पैसा आफन्त र साथिहरुसंग सापट माग्न थालिन् ।

खासमा त्यस्तो आकर्षक प्रस्ताव गर्ने व्यक्ति थिइन, मानव तस्करीमा संलग्न झापा घर भएकी आफ्नै सानिमाकी साथि उनी सानिमाकोमा आउने जाने गर्थिन उनको काम नै गाँउका सोझा इमान्दार महिलाहरुलाई ललाइ फकाइ विदेश पठाइ दिने भन्दै प्रलोबनमा फसाउने रहेछ पछि उनलाइ थाहा भयो । उनीसंग म विदेश जाने भनिसके पछि म भएको ठाँउमा आएर उनले छोरी बहिनी भनेर धेरै आश्वासन देखाउन थालिन । त्यहा गएपछि ओबर टायम काम ग¥यो भने त मासिक एक देखि डेढ लाख रुपैयाँ सम्म कमाउन सकिने प्रलोभन देखाए पछि उनीमा विश्वास बढन थाल्यो । कम्पनीमा काम लगाइदिने भने पछि उनका श्रीमान र परिवारले पनि जाने सल्लाह दिए । सानिमाले कम्पनीमा राम्रो सेवा, सुविधा र सुरक्षा पनि हुने बताए पछि रचनालाई विश्वास भयो ।

२०७४ साल कार्तिकमा रचनाले पासपोर्ट वनाइन कक्षा ८ सम्म मात्र पढेकी उनलाई सामान्य मात्र अंग्रेजी पढन आउने बताइन त्यस पछि सानिमाले हुन्छ यति जाने पछि उतै गएर भाषा सिकीआलिन्छ नि त्यति अप्ठ्यारो हुदैन भने पछि उनी ढुक्क भइन । उनले साहुसंग काडेको एक लाख रुपैयाँ एक मुस्ठ रकम दिइन । सानिमाले दिल्ली हुदै जानु पर्छ पासपोर्ट बनाएको खर्च पनि दिल्ली पुगेपछि फिर्ता दिने भनिन् । नेपालबाट थाइल्याड जाने व्यवस्था मिलाउने अर्को व्यक्तिसंग ति सानिमाले सम्पर्क गरिन उनको नाम हरी भाइ भन्थिन् तिनै हरीले अरु पनि महिला साथिहरु छन् थाइल्याड जाने तर सबै एकै साथ लान भने सकिदैन कि भने अरु पनि महिला साथिहरु संगै जान पाउने भने पछि निक्कै खुशी लागेको रचना बताउनछिन । पुस महिनाको अन्तिम साता घरबाट हिडने कुरा भयो । रचना तिम्रो भिषा आयो झापा सम्म आउनु अब उडने बेला भयो भनेर हरी दाइले फोनमा भने पछि उनी झापा पुगिन । झापामा एक साता बसे पछि उनलाई काठमाडौं लगियो अब चाँडै उडने भन्दै सानिमा र हरी दाई दुबैले होटलमा दुइ दिन राखे मिलाउदै छौ भन्थे अरु उडि सके अब तिम्रो पालो भन्दै दिल्ली तर्फ लगियो ।

साथमा सानिमा मात्र हुनुनहुन्थयो हरी दाइ अघिल्लो दिनै गइसकेका थिए । नयाँ दिल्लीमा रचनालाई लिन तिनै हरी दाई आए दिल्लीको मोस्या आसाम होटलमा लगियो । चाँडै नै थाइल्याड उड्ने र मासिक एक लाख कमाउने सपना बोकेर दिल्ली पुगेकी रचनाको अब दुःखको दिन सुरु भयो । त्यहाँबाट माघको २३ गते उड्ने भने पनि न उनको भिसा लाग्यो न त उनी थाइल्याड नै उड्न पाइन । उनलाई होटलको कोठाबाट बाहिर निस्कन समेत नपाउने गरी बन्धक बनाइयो । रचनालाई न त नेपालमा परिवारसँग कुराकानी गर्नदिइयो न त होटलबाट बाहिर निस्कन नै । यति सम्म कि उनलाई राम्रोसँग पानी समेत खान दिइएन । होटलमा उनलाई मात्रै एक छाक खान दिएर बन्धक बनाएर राखियो ।

थाइल्याड उडाइ दिने दुवै जना सम्पर्क बिहीन भए होटल मालिकले त्यही होटलमा काम गर्नु पर्ने हामीले तलाई पैसा दिएर किनी सकेको भन्दा पो उनलाई थाहो भयो म बेचि सकेकी रहेछु । रचनालाई यति धेरै पीडा भयो की बालक छोरीहरु आँखामा झल्झली आउछन उता अपाङ्ग श्रीमान र बुढा बुढी सासु ससुरा आफु बन्धक भएर भएर बस्नु पर्दा । नेपालमै फिर्ता पठाइदिन कैयौँपटक आग्रह समेत गरिन । तर उनको उपाय चलेन उनी भन्छिन पानी खान नदिए पछि ट्वाइलेटको पानी खाएँ : पीडित रचनाको दुःखको कहानी यतिसम्म भयो । अपराधिले मलाई बेचेर पैसा कमाए अरु पनि धेरै महिला यसरी नै बेचिएका होलान उनलाई धेरै छटपट्टी भयो ।

धेरै प्रयास पछि एक नेपालीसंग सम्पर्क भए पछि माइती नेपालमा सम्पर्क गर्न सफल भएको रचनाले बताइन ८ महिनापछि त्यहाँबाट उदर गरी नेपाल आउन सफल भए पनि ति मानव तस्करलाई अहिले सम्म भेटाउन नसकेको उनले बताएन रचना भन्छिन धेरै पैसा कमाउने सपना देख्दा बेचिन पुगे साहको ऋण समेत उनको थाप्लोमा थुप्प्रीयो । गरिबी र आर्थिक अभावको कारण यसरी नै धेरै महिलाहरु फसिरहेका छन् ।

प्रकाशित मिति: मङ्लबार, भदौ ९, २०७७