मुख्य समाचार

जर्नालिष्ट क्लबद्वारा सञ्चारकर्मीलाई खाना पकाउने ग्यास सहयोग

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को महामारिले विश्वका मानिसलाई नै आतंकित बनाइरहेको छ । चीनको बुहान शहरबाट शुरु भएको कोरोना भाइरसको महामारीमा नेपाल समेत अछुतो रहन सकेन । यस महामारीबाट जनतालाई बचाउन सरकारले लकडाउनको घोषणा गरेपछि निम्न आय भएका र दैनिक ज्यालादारीमा जीवन यापन गर्ने जनता नराम्रोसँग प्रभावित भए ।

विश्वमा समाजसेवामा अग्रणी संस्था लायन्स क्लवका केहि लिडरहरु यो महामारीमा जीवन नै बाजी थापेर निम्न आय भएका र दैनिक ज्यालादारी गरेर गुजारा चलाइरहेका व्यक्ति, समुदाय र परिवारको घरमा आगो बल्न समस्या पर्ने अवस्था आउन नदिन केहि खाद्य वस्तु बोकेर घर दैलोमा गएका छन । यसले राज्यको उपस्थिति नपुगेका घर परिवारलाई केहिहदसम्म राहत र मलम लगाउने काम अवश्य पनि गरेको छ ।

लकडाउनले दैनिक ज्यालादारी गरेर खाने र श्रम गरेर खानेहरुको रोजीरोटीमा नै धक्का लाग्ने अवस्था आयो । यसैलाई मध्यनजर गरेर लायन क्लव अफ नेपाल जर्नालिष्टले पनि पत्रकारीता क्षेत्रमा योगदान गर्दै आएका केहि पत्रकारहरुलाई सानो राहत सहयोग गर्ने प्रयास गरेका छ । लायन्स क्लव अफ फेलोसिपका लिडर तथा जोन चियर पर्सन लायन लक्ष्मी महतसँगको सहकार्यमा खाद्यवस्तु वितरण गरेको थियो भने जर्नालिष्ट क्लवको तर्फबाट चार्टर प्रेसिडेन्ट योगेन्द्र प्रताप शाही, लायन वर्ष २०/२१ लागि चयन भएका प्रेसिडेन्ट लायन लिडर निरञ्ज ओझाको सहयोगमा क्लवका मेम्वरसिप डाइरेक्टर लायन दामोदर दवाडी, सचिव यज्ञ ढकाल र लायन लिडर लायन देवराज प्रसाईको संयोजनमा २० जना पत्रकारका परिवारलाई खाना पकाउने ग्यास भर्ने काम भएको छ । यसलाई केहि दिन निरन्तरता दिने तयारी पनि भएको छ ।

पत्रकारहरुलाई खाद्यवस्तुको सहयोग गर्दै आउनु भएकि लायन लिडर लक्ष्मी महतले अतिआवश्यक पर्ने पत्रकारलाई खाद्यवस्तु दिने कुरा गरिरहनु भएको छ भने फिलोसिपका चार्टर चियर पर्सन तथा लायन वर्ष १९/२० का रिजन चियर पर्सन कृष्ण ज्योती शाक्य र ३२५ ए २ का डिष्ट्रिक सेक्रेटरी लायन लिडर दिनेश श्रेष्ठले पनि जर्नालिष्ट क्लवलाई केहि सहयोग गर्ने वचन दिनु भएको छ ।

लायन लिडर लक्ष्मी महतको टोलिले लकडाउन भएको केहि दिन देखि वितरण गर्न थालेको राहत सहयोग निरन्तर जारी छ । उहाँहरुले ४९ दिन राहत वितरण गरिसक्नु भएको छ । फिलोसिपको तर्फबाट राहत सहयोगमा खटिनु भएकि महत जोन चियर पर्सन हुनु हुन्छ । उहाँले हाल सम्म २ हजार ३ सय २५ किलो चामल, २४४ किलो दाल, १४७ लिटर खाने तेल, २२१ पोका नुन, २१० किलो चिउरा, ४६८ पोका वाइवाइ चाउचाउ, २० किलो आलु, ४ सिलीन्डर ग्याँस, २ किलो मासु, अण्डा, विष्कुट र पाउडर दूध समेत वितरण गरिसक्नु भएको छ । उहाँहरुलाई हौसला कृष्ण ज्योती शाक्य, भरत प्रसाई, पास्र्ट गर्भनर लगायत धेरै लिडरहरुको सहयोग रहेको महतको भनाई छ ।

प्रकाशित मिति: बुधबार, जेष्ठ ७, २०७७