कृषि मुख्य समाचार

कृषि मल कालोबजारी गरेका आरोपी दाहाल धरौटीमा रिहाई

सुनकोशी न्युज, २०७७ वैशाख २ गते,
काठमाण्डौं । सिन्धुलीका किसानहरुका लागि नेपाल सरकारले पठाएको ८४० बोरा कृषि मल कालोबजारी गरी रामेछापका किसानलाई बढी मूल्यमा बिक्री गरेको आरोपमा पक्राउ परेका सिन्धुलीका डुकेन्द्रराज दाहाल १ लाख ७० हजार धरौटी बुझाएर रिहा भएका छन् ।

कमलामाई नगरपालिका, वडा नं. ६ रातामाटामा रहेको जय बागवानी कृषी सहकारी संस्था लिमिटेडमा सिन्धुलीका किसानहरुको लागि अनुदानआएको ५० केजीका ८४० बोरा युरिया मल उत्त सहकारीका संचालक दाहालले सिन्धुलीका कृषकहरुलाई बिक्री बितण नगरी १७० बोरा युरिया मल प्रगतिशिल कृषि सहकारी संस्था लि. रामेछापको खिम्तीमा बिक्री बितरण गरेका थिए । बाकी रहेको ६७० बोरा युरिया मल समेत रामेछाप पठाउने तयारी गरिरहेको अबस्थामा उनी गाडीसहित पक्राउ परेको थिए ।

सिन्धुली जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले ना ७ ख ९२४८ नम्बरको ट्रकबाट ४२० बोरा, ना ५ ख ५१९ नम्बरको ट्रकबाट २५० बोरा र ना ७ ख ३६६७ नम्बरको ट्रकबाट २ बोरा एसएसपि सिङगल फोस्टेट नामक डिएपि मल, ना ६ ख ७४७२ नम्बरको ट्रकबाट ५५ बोरा एसएसपि फोस्टेट नाम डिएपी मल बरामद गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ २, २०७७