मुख्य समाचार शिक्षा/स्वास्थ्य समाचार

उपत्यकावासी सबैको कोरोना परिक्षण गरिने

सुनकोशी न्युज, २०७७ जेठ १ गते
काठमाण्डौं । काठमाडौं उपत्यकामा भएका सबै सर्वसाधारणको कोरोनाभाइरस परीक्षण गरिने भएको छ । पहिलो चरणमा स्वयंसेवक, तरकारी व्यापारी, पत्रकार, सुरक्षाकर्मी लगायतको कोरोना परीक्षण गर्ने तयारी भइरहेको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले बताए।

महानिर्देशक श्रेष्ठका अनुसार सर्वसाधारणको बिहीबारदेखि नै कोरोना परीक्षण शुरु गरिनेछ । शुरुमा कालीमाटी फलफूल तथा तरकारी बजारमा रहेका व्यापारीको परीक्षण गर्ने तयारी भइरहेको उनले बताए । पहिलो चरणमा दश हजारको परीक्षण गरिने श्रेष्ठको भनाइ छ ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ १, २०७७