शिक्षा/स्वास्थ्य समाचार हेडलाईन न्युज

कोरोना संक्रमित २४५ जना मात्रै, स्वास्थ्य मन्‍त्रालयले विहान निकालेको विज्ञप्ती गलत भएको पुष्टि

सुनकोशी न्युज, २०७७ जेष्ठ १ गते
काठमाण्डौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्यावधिक विवरण सच्याएको छ। बिहीबार बिहान ७स्४५ बजे जारी गरेको अध्यावधिक विवरण त्रुटीपूर्ण भएकाले सच्याइएको मन्त्रालयका सह–प्रवक्ता डा।समीरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

अधिकारीले आज बिहान पाँच जना नयाँ संक्रमित थपिएको भनेर विवरण दिएका थिए। विज्ञप्तिमा भनिएको छ, ुपछिल्लो अध्यावधिक विवरण अनुसार २५० भएकोमा प्राविधिक कारणले पहिलेनै पुष्टि भएका ५ जनाको विवरण पुनस् रिपोर्टिङ भएको जानकारी गराउन चाहन्छु।ु

धनुषा, महोत्तरी र सर्लाहीमा ५ जना संक्रमित पाइएको पुष्टि बैशाख ३१ गते मंगलबार १०स्१५ बजे नै मन्त्रालयले गरेको अध्यावधिक विवरणमा उल्लेख थियो। मन्त्रालयले मंगलबार जिल्ला र उमेर मात्रै कोड गरेर विज्ञप्ती निकालेको थियो। सोही विवरण आज ९बिहीबार० बिहान पनि फेला परेका संक्रमितको जिल्लाको स्थानीय तहको ठेगाना र उमेर समेत खुलाएर पुनः विज्ञप्ति निकालिएको हो। पछिल्लो विवरणअनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४५ मात्रै हो।

प्रकाशित मिति: बिहिबार, जेष्ठ १, २०७७