समाचार हेडलाईन न्युज

लिपुलेक, लिम्पियाधुरा र कालापानीक्षेत्र नेपालकै, सबै छुटेको भूमि प्राप्त गर्न कदम चालिने

राष्ट्रपति विद्यादेवी भण्डारी सरकारको नीति तथा कार्यक्रम २०७७÷७८ संसदमा पेस गर्दै

सुनकोशी न्युज, २०७७ वैशाख २ गते,
काठमाण्डौं । लिपुलेक, लिम्पीयाधुरा र कालापानीक्षेत्रको सबै भूभाग नेपालकै भएको राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छन् । नेपाल सरकारको नीति तथा कार्यक्रा २०७७÷७८ संसदमा पेस गर्ने क्रममा राष्ट्रपति भण्डारीले उक्त कुरा बताएकी हुन् ।

केही दिनपहिला भारत सरकारले नेपालको लिपुलेक लगायत भूभागमा कब्जा गरेर मोटरबाटो निर्माण गरेको थियो । भारतको उक्त कार्यको नेपालभरी र भारतमा समेत व्यापक विरोध भएको छ ।

यसबारे नेपाल सरकारले नेपालस्थित भारतीय दुतावासलाई कुटनीतिक नोट समेत बुझाएको थियो । नेपाल सरकारले भारतले अतिक्रमण गरेको नेपाली भूमिलाई समेटेर नयाँ नक्सा सार्वजनिक गर्ने भएको छ ।

‘‘लिपुलेक कालापानी र लिम्पियाधुरा नेपालको भूमी हो’, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘त्यसलाई प्राप्त गर्न ठोस कदम चालिने छ । तद अनुसार नै छुटेको भूमि कायम गरी नेपालको नक्सा सार्वजनिक गरिने छ ।’

राजा र इस्ट इन्डिया कम्पनीबीच सम्झौता हुँदा ३ नम्बर धारामा नेपाल र इस्ट इन्डिया कम्पनीबीच अबउप्रान्त सीमा विवाद हुने छैन र शान्ति कायम हुनेछ समेत लेखिएको छ। नेपाल सरकारसँग तत्कालीन सम्झौता रहे पनि अहिले भारतले चीनको तिब्बत जाने मानसरोवर मार्गको उद्घाटन गरेपछि नेपाल–भारतबीच सीमा विवादले उत्कर्षमा पुगेको छ। नेपालले लगातार वार्ताबाट समाधानका लागि मिति माग गरेको र भारतले यसमा बेवास्ता गर्दै आएको छ।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ २, २०७७