समाचार हेडलाईन न्युज

सिमा रक्षा र लिपुलेकको विषयले प्राथमिकता पाएको नीति तथा कार्यक्रमको पूर्णपाठ पढौं

सुनकोशी न्युज, २०७७ वैशाख २ गते,
काठमाण्डौं । नेपाल सरकारले आर्थिक वर्ष २०७७/७८ को लागि नीति तथा कार्यक्रम पेस गरेको छ । कोरोना भाइरसको महामारीमा पिल्सीएर देश लकडाउनमा रहँदा सम्पूर्ण आर्थिक गतिविधि ठप्प भएको बेला घोषणा गरिएको नीति तथा कार्यक्रम महत्वकाँक्षी र आत्मतुष्टिको दस्तावेज भएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आरोप लगाएको छ ।

भारतले नेपालको भूमि लिम्पीया धुरमा मोटरबाटो बनाएको विषयमा असन्तुटि बढिरहेको बेला सरकारले लिपुलेक, लिम्पीयाधुरा र महाकाली नेपालको भूभाग भएको, त्यसको संरक्षणका लागि पोष्ट राख्ने र गुमेका सबै भूमि फिर्ता ल्याउन कुटनीतिक पहल गर्ने विषय कार्यक्रममा समावेश गरेको छ । यसले राष्ट्रियताको विषयमा सरकार गम्भीर भएको संकेत देखिएको छ ।

कोरोनाबाट देशलाई मुक्त गर्नु सरकारको मुख्य कार्य हुने बताइएको छ । यस बाहेक विगत वर्षहरु जस्तै राष्ट्रिय समृद्धि हासिल गर्नका लागि विविध महत्वकाँक्षी योजनाहरु सार्वजनिक गरिएका छन् । सुखी नेपाली, समृद्ध नेपालको नारालाई सार्थक बनाउने प्रतिवद्धता गरिएको छ ।

हेरौं, सरकारले सदनमा पेस गरेको नीति तथा कार्यक्रम २०७७/७८ को पूर्ण पाठ :

नीति-तथा-कार्यक्रम-२०७७-७८-फाइनल (2)
प्रकाशित मिति: शुक्रबार, जेष्ठ २, २०७७