समाचार हेडलाईन न्युज

तीन बालकसहित ९ जना नयाँ संक्रमित थपिए, संक्रमितको संख्या २६७ पुग्यो

सुनकोशी न्युज, २०७७ वैशाख २ गते,
काठमाण्डौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या २६७ पुगेको बताएको छ । शुक्रबार साँझ थप ९ जनामा संक्रमण देखिएको हो ।शुक्रबार मन्त्रालयले विज्ञप्ती जारी गर्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र भेरी अस्पताल नेपालगञजमा गरिएको परिक्षणमा ९ जनामा कोरोनाको संक्रमण देखिएको जनाकारी दिएको छ ।

पर्साका ९ वर्षीय बालक, विरगञ्जका १० वर्षीय बालक, २३ र ४७ वर्षीय महिलामा संक्रमण देखिएको हो । त्यसैगरी उदयपुर त्रियुगा नगरपालिका निवासी २५ वर्षीय पुरुषमा पनि संक्रमित देखिएका छन् ।

पहिलोपटक दाङमा पनि कोरोनाको संक्रमण देखिएको छ । दाङको गढवा ४ का २३ वर्षीय पुरुष, गढवा ५ कै ३६ वर्षीय पुरुष र तुलसीपुर ७ निवासी ३४ वर्षीय पुरुषहरुमा कोरोना पुष्टि भएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ २, २०७७