मुख्य समाचार शिक्षा/स्वास्थ्य समाचार

गुल्मीका कोरोना त्रंक्रमितको मृत्युको खबर झुटो भएको अस्पताको स्पष्टोक्ति

सुनकोशी न्युज, २०७७ जेष्ठ ७ गते बुधबार,
गुल्मी । बुधबार विहान संचारमाध्यममा प्रकाशित गुल्मीका कोरोना पीडितको मृत्यु भएको खबर असत्य भएको अस्पतालले जनाएको छ । अस्पतालले एक विज्ञप्ती जारी गर्दै विरामीको अवस्था स्थीर रहेको, मृत्य नभएको जानकारी दिएको हो ।

अपुष्ट र अप्रमाणित खबरले पाठकमा भ्रम पैदा गरेपछि सगरमाथा टिभीको जर्नालिष्ट गुल्मीनिवासी अमृतराज काफ्लेले आफ्नो फेसबुक स्टाटसमा यस्तो लेखेका छन् – ‘एकाबिहानै ब्रेकिङ स्टाइलमा बुटबलमा उपचाररत गुल्मीका विरामीको मृत्यु भन्ने समाचार सार्वजनिक भएपछि क्रिमशन अस्पतालका अध्यक्षलाई तत्कालै फोन गरें । तर फोन उठेन । पछि उहाँ आफैले फोन गरेर खाना खान गएका कारणले फोन रिसिभ गर्न नसकेको जानकारीसहित विरामीको मृत्यु नभएको कुरा कुरा बताउनुभयो । तर काठमाडौंले विश्वास गरेन । कारण नेपालका मुलधारका कतिपय मिडियाले समाचार ब्रेक गरेका थिए । विश्वास कसैले नगरेको देखेपछि अस्पतालका अध्यक्षलाई तेस्रोपटक फोन गरेर प्रेस विज्ञप्ती प्रकाशन गर्न अनुरोध गरेँ । ५ नम्बर प्रदेशका सामाजिक विकासमन्त्रीको सचिवालयमा फोन गरेर सोधेँ तर मृत्यु भएको होइन भन्ने थाहा पाएपछि म त ढुक्क भएँ, तर काठमाडौंले पत्याएन । अन्ततः अस्पतालले विज्ञप्ती जारी गरेपछि व्रेकिङ समाचारमा क्षमा माग्नुपर्ने अबस्था आयो ।’

(आफू गुल्मेली हुनुको नाताले यति चासो लिएर मिडियामा प्रकाशित भ्रमपूर्ण समाचारको खण्डन गर्नुपर्ने दायित्व ठानि यति गरिएको काफ्लेले बताएका छन् ।
अस्पतालले जारी गरेको विज्ञप्ती यस्तो छ :

 

प्रकाशित मिति: बुधबार, जेष्ठ ७, २०७७

 

 

ताजा अपडेट