समाचार हेडलाईन न्युज

भूमिसुधार मन्त्रालयले सार्वजनिक गर्यो नेपालको आधिकारिक नयाँ नक्सा

सुनकोशी न्युज, २०७७ जेष्ठ ७ गते बुधबार,
गुल्मी । भूमिसुधार मन्त्रालयले नेपालको आधिकारिक नयाँ नक्सा सार्वजनिक गरेको छ । मन्त्रालयमा आज एक कार्यक्रम आयोजना गरी मन्त्री अर्यालले नक्सा सार्वजनिक गरेकी हुन् ।

लामो समयदेखि नेपालका विभिन्न स्थानमा भारतले सिमा अतिक्रमण गरेर पछिल्लो समय ती भूभाग समेत राखेर उसले नयाँँ नक्सा जारी गरेको थियो । नेपालको भूमि भारतमा पारेर जारी गरेको नक्साप्रति नेपालले कडा शब्दमा आपत्ति जनाएको थियो । केही दिनपहिला नेपालको कालापानी क्षेत्रमा भारतले एकलौटी रुपमा सडक निर्माण गरेपछि विवाद चर्कीएको थियो । जनस्तरबाट, मिडिया र पार्टीभित्र जोडदार कुरा उठेपछि सरकारले नेपालका सबै भूभाग समेटिएको नयाँ नक्सा सार्वजनिक गरेको हो ।

नेपालमाथि भारतले गरेको दादागिरिको नेपालले व्यावहारबाटै जवाफ दिन थालेपछि चीनको इसारामा नेपाल चलेको भारतीय सेनाध्यक्षले आरोप लगाएका छन् । नक्सा जारी गरेर प्रशंसा बटुलेको सरकारका सामु यसलाई कार्यन्वयन गर्ने चुनौति फलामको चिउरा सावित हुने देखिन्छ । लिम्पीयाधुरा, लिपुलेकदेखि कालापानी, सुस्तादेखि पशुपतिनगरसम्मको भूभाग फिर्ता गरेर ति सबै स्थानमा नेपाली सिमा सुरक्षाकर्मी तैनाथ गर्ने चुनौती नेपाल सरकारसामु रहेको छ ।

प्रकाशित मिति: बुधबार, जेष्ठ ७, २०७७