बागमती शिक्षा/स्वास्थ्य हेडलाईन न्युज

आरडिटि पोजेटिभ सिन्धुलीका ४७ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

सिन्धुली जिल्ला अस्पताल

सुनकोशी न्युज, २०७७ जेष्ठ ७ गते बुधबार,

सिन्धुली । सिन्धुलीमा आरडिटिबाट कोरोना संक्रमण पोजेटिभ देखिएका ४७ जनाको पिसिआर रिपोर्ट नेगेटिभ देखिएको छ ।

जिल्ला अपतालबाट मंगलबार स्वाब संकलन गरी पिसिआर विधिबाट कोरोना परिक्षण गर्न प्रादेशिक अस्पताल हेटौडा पठाएको ४७ जनाको रिपोर्ट नेगेटिभ आएको छ । तीनजनाको रिपोर्ट भने आउँन बाँकी रहेको सिन्धुली अस्पतालका फोकल पर्सन डा. प्रसन्न राज भण्डारीले जानकारी दिए । हेटौडास्थित प्रादेशिक अस्पतालको स्रोतले र सिन्धुली जिल्ला अस्पतालका अध्यक्ष प्रल्हाद पोखरेलले पनि ४७ जनाकै रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका छन् ।

सोमबार र मंगलबार आरडिटी परिक्षण गर्दा पोजेटिभ देखिएका २७ जना र उनीहरुको सम्पर्कमा रहेका समेतको गरी ५० जनाको स्वाब संकलन गरी पिसिआर परिक्षण गर्न पठाइएको थियो ।

आरडिटी पोजेटिभ आउँदा पिसिआर परीक्षणका लागि प्रादेशिक अस्पताल हेटौडामा पुगेको उक्त स्वाबको आज परीक्षण गर्दा ४७ जनाको रिपोर्ट नेगेटिभ देखिएको हो । त्यसैगरि, ३ जनाको स्वाब ढिलो पठाएको हुँदा रिपोर्ट आउन बाँकी रहेको डाक्टर भण्डारीले जानकारी दिनुभयो ।

पिसिआरमा नेगेटिभ आएपछि सिन्धुलीमा त्रासको वातावरण हटेको छ ।

प्रकाशित मिति: बुधबार, जेष्ठ ७, २०७७