मुख्य समाचार

कोरोनाका कारण १५ दिन देशभरका अदालतमा मुद्दा सुनुवाइ नहुने

१५ दिनसम्म देशभरका अदालतमा बन्दी प्रत्यक्षीकरणबाहेक अन्य मुद्दामा सुनुवाइ नहुने भएको छ ।

प्रधानन्यायाधीशको अध्यक्षतामा सर्वोच्चका सबै न्यायाधीशको शुक्रवार बसेको (फूलकोर्ट) बैठकले यस्तो निर्णय गरेको हो ।

यसलाई सर्वोच्चले औपचारिक रूपमा सार्वजनिक भने गरेको छैन ।

कोरोना भाइरसले विश्वव्यापी महामारीको रूप लिइरहेका बेला अदालतमा भीडभाड कम गर्न यस्तो निर्णय गरिएको हो ।

सर्वोच्चका मुख्य रजिस्ट्रार नृपध्वज निरौलाले फूलकोर्ट बैठक बसिरहेको  बताए ।

‘प्रशासनिक काम हुन्छ, तर भीडभाड कम गर्नका लगि कम्तिमा १५ दिन बन्दी प्रत्यक्षीकरणबाहेक अन्य मुद्दा नहेर्ने कि भन्ने विषयमा फूलकोर्टमा छलफल हुँदैछ,’ निरौलाले  भने ।

प्रकाशित मिति: आइतवार, बैशाख ७, २०७७