प्रदेश २

तराईका विभिन्न बाढी प्रभावित क्षेत्रमा गर्भनर लायन जोशी सहितको टिमद्वारा राहत वितरण

सिराह । लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ए २ ले तराईका विभिन्न बाढी प्रभावित क्षेत्रमा राहत वितरण गर्ने कार्य सम्पन्न गरेको छ । लायन्स क्लब ईन्टरनेशनल ३२५ ए २ का डिस्ट्रिक्ट गर्भनर लायन शोभा जोशीको अगुवाईमा फस्ट भीडिजी लायन शुशीला मल्ल, पीडिजी लायन मधुकर उपाध्याय सहित लायन्स लिडरहरुको टिमले सप्तरीको तिलाटी, सिराहको बसपीत्ता, रौतहटको गडीमाईनगरपालिका समनपुर र उदयपुरको बेलाटा नगरपालिका वडा नं, १ तपेश्वरीमा पाँच पाच सय घरपरिवारलाई ९प्रत्येक परिवार० १५ कीलो चावल, २ कीलो दाल, १ लिटर खाने तेल, १ कीलो नून, चना २ कीलो गरी खाद्यान्न समाग्रीका साथै प्रत्येक परिवारका लागि बेडसिट १ थान, स्त्रीका लागि १ थान लुगा त्यस्तै पुरुहरुका लागि १ थान लुगा राहत स्वरुप वितरण गर्नु भएको छ ।

लायन्स क्लब ईन्टरनेशनलको एमरजन्सि फण्डबाट राहत कार्यका लागि प्राप्त सहयोग एक हजार युएस डालर र लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ए २ को एमरजन्सि राहत कोषबाट रु। पाँचलाख गरी उक्त राहत वितरण कार्य सम्पन्न गरेको डिस्ट्रिक्ट ३२५ ए २ का ट्रेजरर लायन शम्भू थापाले बताउनु भयो ।

प्रकाशित मिति: बुधबार, साउन ८, २०७६