Uncategorized प्रदेश प्रदेश २ मुख्य समाचार समाचार

भरखरै जडान गरिएको ट्रान्सफरमर ताेडफाेड र चाेरी

सुनकोसी न्युज
असार ३० आइतबार, २०८१
बारा / भरखरै जडान गरिएको बिजुलीको ट्रान्सफरमर निकाली ताेडफाेड गरेर त्यसभित्र भएका महत्त्वपूर्ण पार्टस्हरू चाेरी भएको छ। हिजो राति बारा जिल्ला, कलैया उपमहानगरपालिका, वडा नम्बर १७ मा पर्ने बंजरिया भवानीपुरमा उपमहानगरपालिकाले भर्खरै जडान गरेको ट्रान्सर्फमर संचालन नहुदै चाेरी भएको नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्रका प्रमुख ऋषिकुमार वर्णवालले सुनकोसी न्युज डटकमलाई जानकारी दिएका छन् ।

ट्रान्सफरमरभित्रको सबै मुख्य पार्टहरु चोरी भएको स्थानीय बासिन्दा सफर मन्सुरले जानकारी दिए । ट्रान्सफरमरभित्र तामाकाे क्वायल हुने र त्यही तामाकाे तार निकालेर बिक्री गर्ने उदेश्यले चाेरी भएको हुनसक्ने उनलेे बताए । ट्रान्सफरमर ताेडफाेड र चाेरी गर्ने गिराेहकाे खाेजिकार्य जारी रहेको र अहिलेसम्म पत्तालाग्न नसकेको प्रमुख वर्णवालले जानकारी दिए।

प्रकाशित मिति: आइतवार, असार ३१, २०८१