प्रदेश २ समाचार

नेकपा पर्साको चाडवाड शुभकामना आदानप्रदान एवम् चियापान समारोह समम्पन्न

कार्तिक ७,

नेपाल कम्युनिस्ट पार्टी पर्साको आयोजनामा हिन्दुहरुको महान चाड विजयादशमी,शुभ दिपावली तथा छठ पर्व एवम् नेपाल सम्वतको  उपलक्ष्यमा शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रम सम्पन्न भएको छ ।बिहिवार पार्टी कार्यालय मनमोहननगर बिरगंजमा सम्पन्न कार्यक्रममा नेकपाका  जिल्ला स्तरीय नेता कार्यकर्ता एवम् अन्य पार्टीका जिल्ला स्तरीय शिर्ष नेताहरूको उपस्थिति थियो।

नेकपा पर्साका अध्यक्ष प्रभु हजाराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सांसद शेख चाँदतारा, प्रदेश सभाका सदस्य ओमप्रकाश शर्मा,जिल्ला समन्वय समिति पर्साका उपसभापति ठाकुर प्रसाद न्यौपाने , नेपाली कांग्रेसका नेताहरु अजय द्धिबेदी, श्याम पटेल, समाजबादी पार्टीका नेता निजामुद्दिन समानी, बीरगंज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगी, उपप्रमुख शान्ति कार्की, प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेत, संबिधान सभा सदस्य तथा नेकपा नेताहरु बिचारी प्रसाद यादब, राजकुमार गुप्ता, जयप्रकाश थारु, उर्मिला अर्याल, नागेन्द्र चौधरी, रामचन्द्र साह, मेघराज सहनी, प्रद्युम्न चौहान, नेकपाका नेताहरु चिरञ्जीबि आचार्य, बिजय महतो, बसुरुद्धिन अन्सारी, रामबाबु बैठा, छोटेलाल यादब, तेज प्रकास निसाद, रहबर अन्सारी, बिश्वम्भर शर्मा, बलिराम साह, किशोरी कुशवाहा, बाबुराम कौशिक, गाउंपालिकाका अध्यक्षहरु जालिम मियाँ, रामपृत महतो, मनोज गुप्ता, केसी लामिछाने, अकलु यादब, सुदिप लामा लगायतको सहभागिता रहेको थियो ।

त्यस्तै कार्यक्रममा ठोरीबाट नेकपाका गापा अध्यक्ष खगेन्द्र श्रेष्ठ , निमा लामा,जिल्ला कमिटी सदस्य राम श्रेष्ठ ,ठोरी गापा उपाध्यक्ष एवम् जिल्ला सदस्य शान्तिमाया थिङ ,नेकपा नेता एवम् वडाध्यक्षहरु बै बहादुर पाख्रीन,सुर्य लामा,युवा नेता खडक श्रेष्ठ ,धन बहादुर थिङ लगायतको पनि सहभागीता रहेको थियो।

कार्यक्रममा जिल्ला अध्यक्ष प्रभु हजाराले शुभकामना मन्तव्य व्यक्त गर्दै कार्यक्रमले पार्टी एक ढिक्का भएर अघि बढ्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे।कार्यक्रममा सहभागी नेता कार्यकर्ताहरूले चियापान कार्यक्रमले एकताको सन्देश प्रवाह गरेको बताउँदै यसले पार्टीमा एकताको नयाँ उचाई थपिएको बताएका थिए ।

प्रकाशित मिति: बिहिबार, कार्तिक ७, २०७६