समाचार हेडलाईन न्युज

संदर्भ विश्व मधुमेह (डायबिटिज) दिवस : हृदय रोगका कारण ६८ प्रतिशत मानिस मर्ने गर्छन्

काठमाडौ । विश्वव्यापी तथ्याङ्कले देखाएको आधारमा कम्तिमा ६८ प्रतिशत मानिस ६५ वर्ष वा सो भन्दा बढि उमेरमा कुनै न कुनै प्रकारको हृदय रोगका कारण मर्ने गर्छन् । मधुमेह भएका वयस्कहरूमा मधुमेह नभएका मानिसहरू भन्दा मुटु रोग लाग्ने दुई देखि चार गुणा बढी हुने गर्छ । मधुमेह बिरामीमा हृदय रोगको जोखिम सामान्य व्यक्तिहरू भन्दा बढी हुन्छ । अमेरिकन हार्ट एसोसिएशनका अनुसार मधुमेह हृदय रोगका सात जोखिम कारकहरू मध्ये एक हो । यदि हामी समयमा सचेत भयौं भने मधुमेह रोगलाई नियन्त्रण गर्न सकिन्छ । मधुमेहले मुटुको रोगलाई मात्र बढाउँदैन यसले दिमाग, मृगौला, खुट्टा, आँखा, इत्यादिलाई पनि कठोर बनाउँछ ।
मधुमेह साधारण र सरल तरिकाले हामीलाई साधारण रोग जस्तो लाग्छ तर साधारण लाग्ने मधुमेह विस्तारै हृदय रोगको स्थान लिन्छ जसले गर्दा विश्वव्यापी तथ्याङ्कले देखाए झै ६८ प्रतिशत मानिसहरु हृदय रोगका कारण मर्ने गर्छन । हामी सेवा गर्छाै भन्ने मोटोका साथ विश्वभर समाज सेवाको क्षेत्रमा निरन्तर सेवा दिदै आईरहेको लायन्स क्लब ईन्टरनेशनलले (डायबिटिज) मधुमेह रोग आप्mनो मुख्य प्रोजेक्ट (सिग्निचर प्रोजेक्ट) को रुपमा राखेर मधुमेह (डायबिटिज) रोगको रोकथामका लागी मानीसमा जनचेतना जगाउने कार्य संगसंगै विभिन्न अवसर पारेर फ्रि चेकअप गर्ने व्यवस्था गर्दै आईरहेको छ । १४ नभेम्बरमा विश्व मधुमेह (डायबिटिज) दिवसको रुपमा मनाईन्छ । मधुमेह (डायबिटिज) दिवसको अवसरमा लायन्स क्लब ईन्टरनेशनल ३२५ ए २ अन्र्तगतका क्लबहरु मधुमेह (डायबिटिज) बारे देशैभरी विभिन्न कार्यक्रम, ¥याली गरेर जनमानसमा जनचेतनामूलक संदेश दिने कार्य गरेका छन् ।
विश्व मधुमेह (डायबिटिज) दिवसको अवसरमा भक्तपुरको एतिहासिक स्थल भक्तपुर दरबार स्क्वायरमा भक्तपुरका लायन्स क्लबहरुले संयुक्तरुपमा विश्व मधुमेह (डायबिटिज) बारे जनचेतना मूलक ¥याली सहीत प्रभात फेरी गेका छन् साथै मधुमेह (डायबिटिज) र ब्लड प्रेसर फ्रि चेकअपको शिबीरको आयोजना समेत गरेकाछन् । त्यस्तै लायन्स क्लब काठमाडौ बागमति, लायन्स एण्ड लियो चाबहिल, सेन्ट्रल, लायन्स क्लब दिव्यज्योति लगायतका कल्बहरुले चाबहीलको गणेश स्थानमा, लायन्स क्लब डाउनटाउन, न्यूवेभ र लियो क्लब डाउनटाउनले काठमाडौंको नारायण चौरमा त्यस्तै लायन्स क्लब कुलेश्र, फिलोशिप, मेडिटेशन लगायत २६ वटा क्लब र चारवटा लियो क्लबले कुलेश्वरको गणेस्थानमा, लायन्स क्लब काठमाडौं पर्लसिटी, ईम्पेरियल र लियो क्लब ईम्पेरियलको आयोजनामा एकलव्य शिक्षा सदनमा ब्लड डोनेशन, gynecologic cancer screening cancer screening, फ्रि डायबीटिज चेकअप शिविरको आयोजना र लायन्स क्लब काठमाडौं हिमचुलि, सनराईज, भ्यालि लगायत क्लबहरुको संयुक्त आयोजनामा प्रभात सेकेण्डरी स्कूल परिसरमा शिविर सञ्चालन गरेको थियो ।
लायन्स क्लब काठमाडौं अल्काले अल्का होस्पीटलमा मधुमेह (डायबिटिज) बारे जनचेतना मूलक ¥याली सहीत प्रभात फेरी गर्नुका साथै मधुमेह (डायबिटिज) र ब्लड प्रेसर फ्रि चेकअपको शिबीरको आयोजना समेत गरेको थियो ।
त्यस्तै उता दुई नम्बर प्रदेशमा लायन्स क्लब अफ जनकपुरले जानकी मन्दीको परिसरमा मधुमेह (डायबिटिज) बारे जनचेतना मूलक कार्यक्रमका साथै मधुमेह (डायबिटिज) र ब्लड प्रेसर फ्रि चेकअपको शिबीरको आयोजना गरेको थियो भने लायन्स क्लब अफ सप्तरीले राजवीराजमा मधुमेह (डायबिटिज) बारे जनचेतना मूलककार्यक्रमका साथै मधुमेह (डायबिटिज) र ब्लड प्रेसर फ्रि चेकअपको शिबीरको आयोजना गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, कार्तिक २९, २०७६