बागमती स्थानीय

प्रसिडेन्ट अधिकारीको सभापतित्व ६ लायन्स क्लब र लीयो क्लबको पदस्थापना सम्पन्न

काठमाडौं । लायन्स क्लब अफ काठमाडौ अपेरासिटिकी प्रसिडेन्ट लायन जयन्ति अधिकारीको सभापतित्व र प्रमुख अतिथि डिस्ट्रिक्ट गर्भनर लायन शोभा जोशी, अतिथिमा मल्टिपल जिएमटी एरिया लिडर लायन शम्भु घिमिरे, फस्ट भिडिजी लायन डा. शुशीला मल्ल, सेकेण्ड भीडिजी लायन केशब पाण्डे, पीएमसीसी लायन ई. कयामुद्दिन, केबिनेट सेक्रेट्री लायन दिनेश प्रसाद श्रेष्ठ र डिस्ट्रिक्ट ट्रेजरर लायन शम्भु थापा त्यसतै रिजन, जोन, एरिया र विभिन्न क्लबहरुका पदाधिकारी लगायत लायन्सका विभिन्न अग्रज लिडरहरुको उपस्थितिमा पदस्थापना अफिसर तथा मुख्य अतिथी लायन शोभा जोशीले ६ वटा लायन्स क्लब र एउटा लीयो क्लबको कोटेश्व स्थित ईन्द्रेणी पार्टी प्यालेसमा पदस्थापन कार्यक्रम सम्पन्न गर्नु भयो ।

२०१९/०२० का लागि लायन्स क्लब अफ काठमाडौं सागरमाथाका लागि लायन अनन्त पेम्बा सेर्पा, लायन सन्तोस अधिकारी लायन्स क्लब अफ काठमाडौं मेट्रो, हरीबहादुर श्रेष्ठ लायन्स क्लब अफ रामेछाप सुनकोसी, मीत्रलाल श्रेष्ठ लायन्स क्लब अफ रामेछाप ईन्द्रेणी, विष्णुबहादुर केसी लायन्स क्लब अफ कोटेश्वर ग्लोबल भीजन र लीयो सिमरन घिमिरे लीयो क्लब अफ काठमाडौं रामेछापका लागि आ–आप्mना क्लबबाट निर्वाचित हुनु भएकोमा प्रमुख अतिथि ३२५ ए २ की गर्भनर लायन शोभा जोशीका साथै अग्रज लायन्स लिडरहरुले सुभकामना व्यक्त गर्नु भएको थियो ।

प्रकाशित मिति: बिहिबार, मंसिर १९, २०७६