बागमती हेडलाईन न्युज

लायन्स क्लबहरुद्वारा मेलम्चीमा स्कुल व्याग र न्यानो लुगा वितरण

सिन्धुपाल्चो । लायन्स क्लब अफ काठमाडौ फिलोशिपका चार्टर प्रसिडेन्ट तथा रिजन चीयर पर्सन लायन कृष्णज्योति शाक्य, एडिशनल सेक्रेट्र लायन भरत पसाई र जोन चियर पर्सन लायन लक्ष्मी महतको अगुवाईमा लायन्सक्लब फिलोशिप, लायन्स क्लब अफ नेपाल जर्नालिष्ट, लायन्स क्लब अफ नेपाल हिमालया र लायन्स क्लब अफ मेलम्चीको संयुक्त सहयोगमा सिन्धुपाल्चो जिल्लाको क्षेत्रपालेश्वर स्कुलमा कक्षा एक देखि कक्षा दशसम्मका गरिब, असाय र अनाथ दुईसय पाँच बालबालिकाहरुलाई स्कुलब्याग वितरण गरेको छ ।
त्यस्तै मेलम्चीकै ईन्द्रेणी मावीमा लगभग २५ शारिरीक असक्त अनाथ बालबालिकाहरुलाई न्यानो कपडा वितरण गर्ने कार्यको संगसंगै उक्त दिनको खाजाको व्यवस्था पनि गरेको थियो ।

प्रकाशित मिति: शनिबार, मंसिर २१, २०७६