हेडलाईन न्युज

काठमाडौंको चन्द्रागिरिमा हिउँ पर्‍यो

२७ मंसिर, काठमाडौं ।

काठमाडौं उपत्यकामा पानी परेको छ । देशभर मौसममा आएको बदलीसँगै उपत्यकामा पनि पानी परेको हो ।

देशको पश्चिम भेगबाट बुधबारदेखि प्रवेश गरेको पश्चिम न्यून चापीय प्रणालीले पानी परेको जल तथा मौषम विज्ञान विभागले जनाएको छ । चन्द्रागिरीलगायत स्थानमा भने हिउँ परेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार, हिमालमा हिमपात र पहाडी भेगमा अहिले वर्षा भइरहेको छ ।

मौसमविद्का अनुसार, शनिबारसम्मै काठमाडौं उपत्यकालगायतका देशका पहाडी तथा मध्यपहाडी भागमा वर्षा हुने सम्भावना छ । ‘भोलिसम्म काठमाडौं उपत्यका लगायतका स्थानमा वर्षा हुने सम्भावना छ’, मौसमविद् पौडेलले भने, ‘दिउँसो घाम नलाग्ने र पानीसमेत पर्ने भएकाले काठमाडौंमा चिसो बढ्छ, वरपरका पहाडमा आजै रातिदेखि हिउँ पर्न सक्छ ।’

प्रकाशित मिति: शुक्रबार, मंसिर २७, २०७६