मनोरञ्जन

गीत संगीतमा रमाउदै आश्रा कुँवर

काठमाडौं । भ्वाइस अफ नेपाल (क्वार्टर फाइनलिस्ट), आश्रा कुँवरले यस बर्षको बिश्व म्यूजिकल थिएटर इजिप्टमा( world musical theater, Sharm El sheikh, Egypt, 2019) नेपालको प्रतिनिधित्व गर्ने भएकी छन्। गायिका मात्र नभई कुशल गितकार, युवा वातावरण बैज्ञानिक एंव बैदिक ब्यक्तिको रूपमा आफूलाई स्थापित गराउन सफल गायिका आश्रा कुँवर हाल वन्यजीव संचार र मौसम विज्ञानमा पी.एच.डी अध्ययनरत छिन् । वातावरण र संचारको क्षेत्रमा सफलताको इतिहास रचेकी आश्रा एक गायक / गीतकार, पत्रकार, युवा कन्ट्री एम्बेसेडर, विगत ३ बर्षदेखि सञ्चार अधिकृत मात्र नभई श्रीलंकामा मिस हेरिटेज अन्तर्राष्ट्रिय प्रतियोगिता विजेता, शान्ति राजदूत-विजेता (श्रीलंकामा स्वर्ण पदक विजेता), वातावरणीय राजदूत (श्रीलंकामा रजत पदक), लगायत अन्गिन्ती सम्मानहरूबाट सम्मानित छिन् ।

यसै क्रममा नेपाल र नेपालीहरु को प्रतिनिधित्व गर्दै आफुले सहभागिता जनाउन पाउँदा आफूलाई ज्यादै गर्ब लाग्नुको साथै आफूलाई अझ बढि जिम्बेवारी थपिएको महसुस भएको साथै नेपाल र नेपालीहरुको हितमा सदैब आफ्नो जिवन समर्पण गर्न आफु सधै तत्पर हुने समेत उनले बताइन्। बिश्व म्यूजिकल थिएटर इजिप्टमा आश्रा कुँवरको सहभागिताले नेपाल र नेपालीहरुको प्रतिष्ठा उच्च हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति: सोमवार, मंसिर ९, २०७६