काठमाण्डौ । सर्केगाड गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकी देवकी तिमल्सिना ‘समीक्षा’ निर्वाचित भएकी छन् । हुम्ला जिल्लाको सर्केगाडमा मंसिर १६ मा भएको उपनिर्वाचनमा १ हजार ६३६ मतसहित तिमल्सिना निर्वाचित भएकी हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सविता बुढाले १ हजार ५९३ मत पाएकी छन् । एमालेकी उम्मेदवार जाना शाहीले १ हजार १३२ मत प्राप्त गरी तेस्रो स्थान बनाएकी छन् ।
अघिल्लो निर्वाचनमा पनि सर्केगाड गाउँपालिका नेकपा माओवादीकै चन्द्रसिंह कार्की थिए । उनको सडक दुर्घटनाका कारण मृत्यु भएको थियो । रिक्त पदमा मंसिर १६ को उपनिर्वाचनमा सर्केगाडवासीको मत पाएर तिमल्सिना निर्वाचित भएकी हुन् ।
Add Comment