समाचार हेडलाईन न्युज

खुम्बुनजिकै सिजाङमा ७.१ मेग्नीच्युडकाे भूकम्प

सुनकोसी न्युज
पुस २३ गते २०८१
काठमाडौं । मंगलबार बिहान ठूलो भूकम्प गएको छ। बिहान ६:५३ बजे काठमाडौं लगायत नेपालका पूर्वी भेगमा भूकम्पको धक्का महसुस गरिएको हाे।

चीनको सिजाङ केन्द्रविन्दु बनाएर ७.१ म्याग्नीच्युडकाे भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पकाे धक्का महसुस भएपछि मानिसहरू घरबाहिर निस्कीएका थिए । धक्काका कारण बिजुलीका तार, स्कुलका डेष्कबेञ्च, खाट, टेबल, कुर्सी लगायत हल्लाएर ढालेकाे प्रत्येक्षदर्शीहरूले बताए।
भूकम्पको कारण कहाँ केकति क्षति भयो भन्ने विवरण आइसकेको छैन।

सिजाङबाट नजिकै रहेको नेपालकाे साेलुखुम्बुमा पर्ने लाेबुचेमा भूकम्पको सबैभन्दा बढी धक्का महसुस भएको जनाइएको छ। क्षतिविवरण आइनसकेको साेलुका प्रमुख जिल्ला अधिकारीले जनाएका छन् ।

प्रकाशित मिति: मङ्लबार, पुस २३, २०८१