जीवनशैली फोटो/भिडियाे मनोरञ्जन हेडलाईन न्युज

मानिस जब घरभित्र लकडाउन भयो तब प्रकृति मुस्कुराइन्

sunkoshinewa.com

सुनकोशी न्युज, २०७७ ज्येष्ठ १० गते  शनिबार,
कोरोना भाइरसको कारण महिनौंदेखि भएको लकडाउनका कारण काठमाण्डौं उपत्यकाबाट मानिसहरु हुलका हुल भ्यालिबाहिर निश्किए । कोही पैदल, कोही बस, कोही ट्रक त कोही एम्वुलेन्स्मा । लगभग दशलाख मानिस भ्या लिबाहिर निश्किए । उपत्यकामा भएका मानिस पनि सबै घरैभित्रै थुनिए । सवारीसाधन चलेका छेनन् । डिजल पेट्रोलको धुँवाले वातावरण खराब गर्न पाएन । वातावरण सफा भयो । हावा सफा भयो । आकास सफा देखिन थालेको छ ।
हिमाल सफा देखिन थालेको छ । भारतको विहार राज्यबाट समेत सगरमाथा स्पष्ट देखिएको बताइरहेका छन् । वषन्त ऋतृको उत्तरार्ध र ग्रीस्म ऋतुको आगमनको समय भएकाले हरियाली बढेको छ । काठमाण्डौंका सडक वरपर देखिने बगैचा सफा र हराभरा देखिएका छन् । रुअहरु हरिया देखिएका छन् । थरिथरि फूलहरु फुलेका छन् । मानिस बाहिर निश्कीन नसकेको बेला प्राकृति मुस्कुराएकी छिन् ।

जबसम्म मानिस घरभित्र रहनेछ, प्राकृति यसरी नै मुस्कुराउने छिन् । मानिस पनि प्राकृतिकै अंश हो । तर मानिसले आफ्नो सुविधाको लागि प्राकृतिको आवाश्यकताभन्दा बढी दुरुपयोग गरेका कारण प्राकृतिक सुन्दरतामा कुरुपता आएको थियो । यसैकारण कहिलेकाँही प्राकृतिले आफ्नो रौद्र रुप देखिाउने गरेकी छिन् र मानिस त्यसको सिकार हुने गरेको छ । निश्चत छ, कोरोना कोहरामबाट मुक्ति पाएर जुन दिन मानिस घरबाहिर निश्कने छ, त्यो दिन प्राकृतिको मुहारमा मलिनता छाउने छ ।

हामी मानिस प्राकृतिकै सृष्टि हौं । प्राकृतिको यो सुन्दर निर्माणलाई नबिगार्ने प्रण गरौं ।

 

प्रकाशित मिति: शनिबार, जेष्ठ १०, २०७७