बागमती

नेकपा ३ नं. प्रदेशका ३० वटै विभागका संयोजनक, सह–संयोजकहरुको बैठक सम्पन्न

सुनकोशी न्युज,
नेकपा प्रदेश नं. ३ को ३० वटा वभिागहरुको संयोजक र सह–संयोजकहरुको पहिलो संयुक्त बैठक सम्पन्न भएको छ ।

गत मंसीर १ गते बबरमहलस्थित पार्टीको प्रदेश कार्यालयमा सम्पन्न बैठकले एक महिनाभित्र सबै विभागका सदस्यहरुको नाम सिफारिस गरिसक्ने निर्णय गरेको छ । ३ नं.प्रदेशका अध्यक्ष नारायण प्रसाद दाहालको अध्यक्षतामा सम्पन्न भएको बैठकले विभागका कामहरुलाई तदारुकतका साथ अघि बढाउने जनाएको छ ।

विभागहरुले बनाउने नीतिगत कार्ययोजना र सुझावका आधारमा पार्टीका विभिन्न कार्यक्रमहरु तय हुने भएकाले विभागले आफ्नो काम तुरुन्तै सुरु गर्नुपर्ने बैठकको निश्कर्ष रहेको छ ।

आगामि पुसदेखि प्रदेशका १३ वटै जिल्लामा आवासिय प्रशिक्षण कार्यक्रम चलाउने निर्णय बैठकले गरेको छ । बैठकले विभागहरुका लागि कात्र्तिकदेखि चैत्रसम्म

को लागि पहिलो अर्धवार्षिक कार्ययोजना बनाएर अघि बढ्ने जनाएको छ ।

विभागहरुले डेष्क संचालन गर्ने र प्रदेश सभा गठन गर्ने निर्णय गरेको छ । तीन–तीनजना प्रदेश सदस्य रहेको १३ वटा अनुगमन समिति बनाएर १३ वटै जिल्लाको अनुगमन गर्ने व्यवस्था मिलाइएको पनि बताइएको छ । यसरी अनुगमन गर्ने समूहमा रहेका सदस्यहरुले आफ्नो गृहजिल्लाको अनुगमन गर्न पाउने छैन ।

कार्यक्रममा प्रदेश ३ की इन्चार्ज, सह–इन्चार्जहरुको पनि सहभागिता रहेको थियो । प्रदेश सचिव आनन्द पोखरेलले बैठक संचालन गर्नुभएको थियो । अन्यत्र फिट नभएका कार्यकर्तालाई विभागमा थन्क्याइएको होइन भन्दै विभागको काम सबैभन्दा महत्वको हुने प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यको भनाई रहेको छ ।

प्रकाशित मिति: मङ्लबार, मंसिर ३, २०७६