बागमती समाचार

 १५ महिनादेखि बेपत्ता सञ्चाकर्मी खड्काको कंकाल भेटियो

काठमाडौ । विगत १५ महिनादेखि बेपत्ताको अवस्थामा रहेका नेपाल पत्रकार महासंघ डोटी शाखाका सदस्य एवं बाजुरास्थित रेडियो बुढीनन्दामा कार्यरत पत्रकार तेजबहादुर खड्काको परिचयपत्र, लाइसेन्स, कपडा, झोला लगायत सामानहरु भेटिएको छ । सामानसँगै अस्थिपञ्जरसमेत भेटिएको छ ।

२०७५ भाद्र १० गते करिव १४ हजार फिट उचाइमा रहेको बाजुरास्थित बुढीनन्दा तिर्थस्थलबाट फर्किने क्रममा पत्रकार खड्का सम्पर्कविहीन भएका थिए । १५ महिनापछि वेपत्ता भएको स्थानभन्दा अगाडि बाजुराको काल्टे भन्ने स्थानमा हड्डीसहित सामग्री भेटिनुले घटना रहस्यमय हुनसक्ने हुँदा यसको सत्यतथ्य छानबिन र भेटिएका हड्डीसहितका सामग्रीको वैज्ञानिक परीक्षण गर्न नेपाल पत्रकार महासंघले सरकारसँग माग गरेको छ । साथै, उक्त रहस्यमय घटनाका सम्बन्धमा गहिरो अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाउन महासंघ राज्यका सम्बन्धित निकायसँग प्रेस विज्ञप्ति मार्फत आग्रह गरेको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ११, २०७६