काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्रमूख कार्यकारी अधिकृतमा पवन खड्का नियुक्त भएका छन् । यस अघि सूर्यज्योति लाइफबाट राजिनामा दिएका डेपुटी सिईओ तथा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका सिईओ खड्कालाई आइएमई लाइफको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले सिईओ नियुक्त गरेको हो ।
सञ्चालक समिति बैठकले सिईओमा खड्कालाई नियुक्त गर्ने निर्णय गरेसँगै प्रक्रिया पुरा गरेर लैनचौरस्थित आइएमई लाइफको मुख्यालयमा अब सिईओका भूमिकामा पवन खड्का उपस्थित हुनेछन् । प्राधिकरणबाट एक दुई दिनभित्रैमा सिईओ नियुक्ति स्वीकृत हुने छ । विगतमा पेश गरेकै दिन स्वीकृत भएका उदारहण समेत रहेको खड्का यसअघि पनि सिईओ भइसकेकोले योग्यता लगायतका विषयमा समस्या नरहेकोले सम्भवतः भोलि नै शपथ ग्रहण गरेर कार्यभार सम्हाल्न सक्नेछन् । जीवन बीमा क्षेत्रमा परिचित खड्काको नेतृत्वमा आइएमई लाइफले फड्को मार्ने विश्वास गरिएको छ ।
करिब तीन महिना पहिले तत्कालिन सिईओ कवि फुयाँलको पदावधी सकिएपछि आइएमई लाइफमा सिईओ पद रिक्त थियो । कम्पनीको सञ्चालक समितिले तलव सुविधा लगायतका सर्तहरु सबै विषयमा अन्तिम निर्णय गर्दै अन्तिम स्वीकृतिका लागि बीमा प्राधिकरणमा पठाएको छ ।
पवन खड्का यसअघि नै सिईओ भएर क्षमता प्रदर्शन गरेका अनुभवी एवम् दक्ष बीमा प्रशासक हुन् । सुर्यज्योति बन्नु अघि सुर्या लाइफ इन्स्योरेन्स कम्पनीमा सिईओ रहेका खड्का मर्जरपछि डेपुटी सिईओ थिए ।
Add Comment