बागमती समाचार हेडलाईन न्युज

बल्खुमा दुर्गा प्रसाईं नेतृत्वको र युवा संघको बाइक र्‍यालीमाथि झडप

सुनकोसी न्युज
मंसिर ७ बिहिबार,२०८०
काठमाडौं । काठमाडौंको बल्खुमा दुर्गा प्रसाईं नेतृत्वको र युवा संघको बाइक र्‍यालीबिच झडप भएको छ । कालिमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक र्‍यालीमाथि बल्खुमा ढुंगा प्रहार भएपछि झडप भएको हो ।

ढुंगामुढाबाट बल्खु आसपासमा केही संरचनामा क्षति पुगेको छ भने केही बाइक र गाडीमा पनि क्षति पुगेको छ । सुरक्षाकर्मीले त्यहाँको स्थिति नियन्त्रणमा लिएको छ । बल्खु क्षेत्रमा थप सुरक्षाकर्मी खटाइएको  छ ।

दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले बल्खुमा प्रदर्शनको तयारी गरिरहेको छ ।  युवा संघको तीनकुनेमा प्रदर्शन हुदै छ ।

 

प्रकाशित मिति: बिहिबार, मंसिर ७, २०८०