अन्तर्वार्ता/विचार हेडलाईन न्युज

वालकुमारी घटना : एक विश्लेष

 

 

 

 

 

सन्तोष श्रेष्ठ
सुनकोसी न्युज
पाैष २० गते शुक्रबार, २०८०

दुई युवाहरु सुजन राउत र विरेन्द्र शाहको मृत्यु दु:खद घटना हो । उनीहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । शोकाकुल परिवारजन प्रति हर्दिक समवेदना पनि प्रकट गर्न चाहान्छु । यस्तो दुःखद घटना फेरि नदोहोरियोस् भन्ने माग सरकार समक्ष राख्दा प्रहरीले आवश्यकताभन्दा बढी बल प्रयोग गरेको हो भने दोषी उपर कडा कारवाहीको माग गर्दछु । यो घटनाले सबै नेपालीहरुलाई दु:खी तुल्याएको र परिवारजन प्रति सहानुभुती र समानुभुती पैदा भएको छ । तर केही व्यक्ति समूह र तत्व उग्रकुण्ठा, अवसरवाद, अपरिपक्कता, संकुचीत र कुत्सित मानसिकताबाट ग्रसित रहेको देखिन्छ । उनीहरुले समस्याको सामाधान खोजी पीडितहरुलाई न्याय दिनु भन्दा पनि समाजलाई नकरात्मक भड्कावपूर्ण, राजनैतिक स्वार्थ र बिग्रेको दिशातिर मोड्न खोजेको देखिन्छ । ल्याटिनमा एउटा पदावली छ “Argumentum Hominem” जुन विश्वभर यो शब्दको सबै भन्दा बढी प्रयाेग राजनीतिज्ञहरुले गर्दछन् । यो पदावली (Phrase) को अर्थ के हो भने देश, समाज र जनताको मुद्दा, विषय र घटना विशेषको चर्काे बहस र छलफल भईरहदा त्यसको गाम्भीर्यता, तर्कशिलता, संवेदनशिलता, निष्कर्ष निकाल्नुको साटो अर्काे चरित्रहत्या बारेमा व्यक्तिगत टिका टिप्पणी आरोप–प्रत्यारोप, चरित्रहत्या, असान्दर्भिक र अप्रत्यासित विषय उठान गरेर आफ्नो कमिकमजोरी ढाकछोप गर्ने र विषयान्तर गर्ने प्रयत्न गर्नु हो । Logical Reasoning भन्दा पनि आफ्नो कुण्ठीत भावना बुझाइ राजनैतीक र रणनैतीक फाईदाको लागि Propaganda machine लाई प्रयोग गर्ने कार्य नेपालको राजनैतीक मूल समस्याको रुपमा देखिएको छ । यो समस्याबाट नेपालका कुनै पनि राजनीतिक दल र संघसंसस्थाहरु अछुतो छैनन् । यस्तो कार्यमा कथित बुद्धिजिवि र अभियन्ता भनाँउदाहरु पनि जोडतोडले लागेको भेटिन्छ ।
दक्षिण कोरियाको पानिजहाज कम्पनिले नेपाली युवाहरुको लागि रोजगारी दिन EPS(Employment Permit System) अन्तर्गत कोरियन भाषा परीक्षण ३२ हजारमध्य ३ हजारलाई रोजगारी दिएपछि बाँकी अन्य २९ हजार अहिले कृषि क्षेत्रमा जान अयोग्य भनेर भाषा परीक्षण बोर्डले निणर्य गर्नुको दुईवटा कारण हुन सक्छ । पहिलो फरक पेशा क्षेत्र र विषयको भाषिक शब्दावली (Lingustic Terminology) फरक फरक हुने भएकोे पानीजहाज कम्पनिका लागि सफल उम्मेदवार कृषि वा अन्य क्षेत्रमा योग्य नहुनसक्छ भन्ने रोजगारदाता वा भाषा परिक्षण बोर्डको ठहर हुनसक्छ । अर्काे कारण, भाषा परिक्षा वाेर्डको निर्देशक तथा उनको टिमले कोरियन भाषा सिकाउने कोचिङ्ग सेन्टर ईन्टिच्युटसँग आर्थिक लेनदेन गरेर ती विद्यार्थीहरुलाई पुनः कोरियन भाषा सिक्न बाध्य पारेको हुन सक्छ । अर्काेतर्फ मन्त्रीको ड्राइभरले आन्दोलन स्थल छलेर अर्काे रूटबाट यात्रा गर्नुको साटो त्यही भीडमा पुग्नु गलत भएको देखिन्छ । युवा विद्यार्थीहरुले पनि कानुनी प्रकृयामा नगएर तोडफोड र आगजनी जस्तो हिंसात्मक क्रियाकलापबाट बच्नुपर्ने थियो । युवा विद्यार्थीको माग सही हुँदाहुदै पनि उच्च उदालतको निवदक १८ जनालाई मात्र सहभागी गराउनु भन्ने फैसला पनि उत्तिकै त्रुटीपूर्ण छ । अर्काे तर्फ अचानक र आकस्मिक घट्न पुगेको त्यो घटनामा प्रहरीको पूर्व तयारी वा प्रशस्त तयारी नदेखिएको देखिन्छ । अप्रत्यासित घटनामा संयमता र परिपक्कता देखायर अन्य विकल्पहरु हुदाँहुदै गोली प्रहार गर्ने सुरक्षा निकायबाट आवश्यकता भन्दा बढी बल प्रयोग भएको स्पष्ट छ । जुनसुकै निकाय वा संस्थाबाट गल्ती भए पनि सरकारले त्यसको नैतिक जिम्मेवारी लिनुपर्छ साथै त्यस्तो अप्रिय र दुःखद घटनालाई दोहोरीन नदिन सजग र सचेत बन्न जरुरी छ । सुरक्षा निकाय र प्रशासनको आक्रमकता, भाषा परिक्षा बोर्डको अकर्मयता र एडिसिको लापरवाहीउपर सरकारले कारवाही अगाडी सारेको र मृतकका परिवालाई जनही रु. दश लाख दिने निर्णय गरेकोमा सरकार गंभीर र संवेदनशील छ भन्ने कुरा प्रष्टिन्छ । डि.आइ.जि.को संयोजकत्वमा छानबिन समिति बनाउनु पनि सरकारको एउटा सकरात्मक कदम हो भन्न सकिन्छ । भूमण्डलीकरण र खुल्ला बजार नीतिले श्रम बजारलाई अन्तराष्ट्रियकरण गरेको छ । कुनै पनि देशको नागरीक उ आफ्नो देश छोडेर विदेशी भूमिमा श्रम गर्न, अध्ययन गर्न र व्यापार व्यवसाय गर्न मानिसहरु उत्साहित हुनुको पछाडि प्रशस्तै कारणहरु हुन्छन । आफ्नो देशमा बेरोजगारीको समस्या हुँदा वा अपेक्षित तलब सुविधा नहुदाँ युवाहरु वैदेशीक रोजगारीमा जाने गरेका हुन्। शिक्षक, कर्मचारी, डाक्टर, ईन्जिनियर, प्राविधिक, सुरक्षाकर्मी लगायत स्थायी रोजगारी पाएका नेपालीहरु पनि जागीर छोडेर विदेशीनुले के स्पष्ट पार्छ भने तलब सुविधा पर्याप्त छैन र यसबाट आधुनिक ऐश-आरामको जिन्दगी विताउन सकिदैन । उच्च तलब सुविधा, प्रशस्त अवसरहरु, गुणस्तरीय शिक्षा, उन्नती–प्रगतीको प्रवल सम्भावना, स्वास्थ्य सुविधा भौतिक विकास र चमकधमक जिन्दगी जस्ता कारण र सम्भावनाले गर्दा नयाँ पुस्ताले विदेशिन खोज्नुलाई अन्यथा लिन मिल्दैन । भारतमा गरिएको एउटा सर्भेले नब्बे प्रतिशत भारतीय विद्यार्थीले अध्यन र रोजगारीको लागी विदेशलाई रोजेको देखाएको छ । नेपालको अवस्था पनि उस्तै छ । लगभग तीन करोड भारतीय र सवा करोण पाकिस्तानी नागरीक विदेशमा श्रम गर्दैछन् । यो संख्या अझै द्रूत गतिमा बड्दै छ । मलाई लाग्दैन की विश्वमा यस्तो कुनै देश होला जुन देशको नागरीक अर्काे देशमा गएर श्रम गर्दैनन, अध्ययन गर्दैनन् र व्यापार व्यवसाय गर्दैनन् । पुँजीवाद र भूमण्डलीकरणले कम लागतमा बढी उत्पादन गरेर विश्व बजारमा उत्पादन बेचेर नाफा कमाउने उदेश्य राखकोले सस्तो श्रमको खोजीमा नेपाल जस्तो अल्प विकसित वा विकासोन्मुख राष्ट्रहरुका युवाहरुलाई उनीहरुको देशमा भन्दा बढी तलब सुविधा र अवसर प्रदान गर्ने गरेकोले युवाहरु विदेश पलायनमा उत्साहीत रहेको बुझिन्छ । नेपाल विकास सम्भावनाको दृष्टिकोणले उच्च र सबल देश हुदाँहुदैँ किन वैदेशिक रोजगारीका लागि युवाहरु पलायन हुदैछन् ? राज्य र शासन व्यवस्थाले हिजो के कस्तो गल्ती कमिकमजोरी गर्यो, आज के गर्दैछ राजनीतिक दलहरु सरकारहरु कहाँ चुके कसरी चुके जिम्वेवारी र उत्तरदायित्व किन प्रभावकारी ढगंले बहन गरेनन् वा गर्दैछन् भन्ने विषय निकै चिन्ताको विषय हो । आयातमुखी अर्थव्यवस्थाबाट निर्यातमुखी अर्थव्यवस्थामा जान उत्पादनमा बृद्धि गर्न जरुरी छ । उत्पादन वृद्धि गर्न आन्तरिक लागनी र बाह्य लगानी आवश्यक हुन्छ । त्यसको लागि पुँजी निर्माण गर्नुपर्छ । आन्तरिक पुँजी निमार्ण गर्न नेपाली नागरीकलाई विश्वासमा लिने र उचित अर्तनीति तथा कानुन निर्माण गर्ने काम सबैभन्दा पहिलो प्राथमिकता बन्न सक्नुपर्छ । भारत, चीन र पश्चिमा राष्ट्रहरुसँगको सन्तुलित कुटनैतिक सम्बन्धबिना विदेशी निर्यात सम्भव देखिदैन । तसर्थ, स्थीर र बलियो सरकार अपरिर्हाय छ जुन सत्तासिन दलहरु र प्रतिपक्षी दलहरुका लागि राष्ट्र प्रेम र जनता – प्रेम पहिलो मुद्धा र प्राथमिकता बनेपछि मात्र सम्भव छ । तर विडम्वना के छ भने सरकारले भ्रष्टचार नियन्त्रण र सुशासनको एजेन्डा बोकेर हिडे पनि आशातित काम हुन सकेको छैन । तुलतात्मक दृष्टिकोणले अघिल्लो सरकार भन्दा राम्रै कार्यहरु गरेकाे छ तर जनताको आशा र अपेक्षामा खरो उत्रिन भने सकेको देखिदैन । विद्युत, वायुसेवा र आयल निगमलाई घाटाबाट नाफामा लान सक्नु र केही जनमुखी कामहरु गर्नु सरकारको प्रशंसनिय काम हुन भनेर भन्न सकिन्छ । अर्कोतिर प्रतिपक्षी दलहरु कोही समृद्धिको लागि संकल्प यात्रा भनेर त कोही “१७००+२” को प्लेकार्ड बोकेर अनि सहकारी काण्डमा मुछिएर त कोही मरेको राजतन्त्र अनि त्रिशुल बोकेर देशलाई हामी बनाउँछौ भनेर राजनीतिक यात्रामा लागेका छन् । हाम्रो समस्या यही हो । सरकारले देश र जनताको लागि काम गर्ने र प्रतिपक्षले सकारात्मक सृजनात्मक सहयोग र बल प्रदान गर्ने र सरकारको गलत निर्णय, नीति र कार्यक्रमको विरोध गर्ने हुनुपर्नेमा ठ्याक्कै उल्टो देखिन्छ । राजनीतिक संस्कार, मूल्य, मान्यता, सुझबुझ र इमानदारिताको अभावमा देश र जनता प्रताडित हुनुपर्ने अवस्था छ । आफू पनि राम्रो नगर्ने र अरुलाई पनि गर्न नदिने संस्कार राजनीतिक संस्कार होइन । सतापक्ष र प्रतिपक्ष मिलेर देशको हित र फाइदालाई केन्द्रविन्दुमा राख्ने हो र सहकार्य सहमति र समन्वयलाई बढावा दिदै सुशासन, विकास र समृद्धिको लागि एकाकार भई अगाडि बढ्ने हो भने जुन मात्रामा वा संख्यामा नेपाली युवाहरु विदेशिदै छन् त्यसमा कमि आउने छ र बाल कुमारी घटना जस्ता दुःखद घटना फेरि पनि नेपालीले देख्नु र सुन्नु पर्नेछैन ।

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०