Uncategorized समाचार हेडलाईन न्युज

भिम उपाध्याय र रूद्र सिं तामाङ समेत १८ जनाबिररुद्ध भ्रष्टाचार मुद्दा दायर

सुनकोसी न्युज
फागुन ०६, आइतबार, २०८०
काठमाडौं । अख्तियार दुरुपयोगग अनुसन्धान आयोगले मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा ३ पूर्व सचिवसहित १८ जनालाई मुद्धा दायर गरेको छ । अख्तियारले पूर्वसचिवहरु भीम उपाध्याय, सञ्जय शर्मा, मुकुन्द पौडेल र गजेन्द्र ठाकुरविरुद्ध मुद्दा दायर गरेको हो ।

खानेपानी मन्त्रालयको सचिवको जिम्मेवारीमा रहँदा मेलम्ची खानेपानी विकास समितिका बोर्ड अध्यक्षको भूमिकामा हुने भएकाले पूर्वसचिव शर्मा, उपाध्याय र ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा लागेको हो । आइतबार अख्तियारले विशेष अदालतमा परामर्शदाताहरु तथा निर्माण कम्पनीविरुद्ध सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।

प्रकाशित मिति: आइतवार, फाल्गुन ६, २०८०