अन्तर्वार्ता/विचार

बग्दादीको मृत्यु पछिको मध्य पूर्व

शान्तिमान कार्की

मुस्लिम बिद्रोहि संगठन अाईएसअाईएसका संस्थापक धर्मगुरु अबु वकर अल बगदादी सिरियाको इदलिव सहर नजिकैको गाउँमा मारिएको खवर सार्वजनिक भएको छ।बग्दादीले अाफु अमेरिकी सेनाको कब्जामा पर्नु अगावै अात्मघाति विस्फोट गराएर अाफ्ना तीन बच्चा समेत मरेको समाचार हेरेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प धेरै खुसि भएको समाचार अाएको छ,उनलाई मेरो सुझाव छ ´धेरै खुसि भएको स्वाङ पार्न जरुरी छैन,दुनियाँलाई ढाट्न पनि जरुरी छैन । किनकि बग्दादी र बिनलादेन उत्पादन गर्ने कारखाान खुद अमेरिकी शासकहरुले नै चलाई रहेका छन।संसारलाई मूर्ख बनाउन अब सम्भव छैन,अमेरिका अहिले सम्म त्यस्तो एक्लो देश हो जसले अाफ्नो हतियार बेच्नकै लागिमध्यपूर्व र अरव जगतका मुस्लिम बिद्रोहिहरुलाई तालिम, पैसा र हतियार उपलब्ध गराउदै अाएको तथ्य भेटिन्छ।यसको उदेश्य भनेकै रुस, चीन र अमेरिका बिरोधि देशहरुमा अस्थिरता पैदा गर्ने र अाफ्ना कठपुतलीहरुको सत्ता स्थापना गराउने घृणित स्वार्थले काम गरेको हुन्छ।लाखौ जनता मारिएको सिरियाली गृहयुद्धको पछाडि रुस समर्थित बसर अल असदको सत्ता उल्टाएर कथित प्रजातन्त्रको नाममा अाफ्नो कठुतली शासक ल्याउने उदेश्य रहेको थियो जसलाई रुसको सैन्य सहयोगमा सिरिया सरकारले लगभग असफल बनाई सकेको छ,बसरअल असाद असल वा खराब जे सुकै भए पनि राष्ट्रिय स्वाधिनताको पक्षमा अरव जगतका शासकहरु भन्दा दुरदर्शि र सफल हुनुमा रुसि सिमानाको कारण सम्भव भएको मा्न्नु पर्ने हुन्छ।अमेरिकाको छातिमा दाल दल्ने रसिया जस्तो असल छिमेकी पाउनु सिरियाली शासक असदको लागि सौभाग्य साबित भएको छ। ईराकबाट सद्दाम हुसेनको शासन ढाल्न सुरुवातमा यस्तै दलालहरुक‍ो प्रयोग गरेको थियो,अमेरिकाको अाक्रामणका कारण सद्दाम शासन त ढल्यो तर अमेरिकाले उनै बग्ददीको नेतृत्वमा कठोर प्रतिरोधात्मक संघर्षको सामना मात्रै गर्नु परेन झण्डै सम्पूर्ण इराक कब्जामा लिन लागेको अबस्था सिरियाको गृहयुद्धमा होमिने बग्दादीको गलत निर्णयले सिरियामै उनको अन्त्य हुन पुग्यो।अमेरिकाले बग्दादीको शक्तिशाली लडाकु संगठनलाई ईराकमा केन्द्रीकृत हुन नदिन र रुसलाई अाईएस बिरुद्ध लडाइँमा होम्नका लागि नक्कली प्रजातान्त्रिक अान्दोलनका पक्षधरहरु जो अल्पसंख्यक सुन्नी ,कुर्द समुदाय र असन्तुष्ट सिया विपक्षीलाई समेत पैसा, तालिम र हतियार उपलब्ध गराएर सिरियालाई गृहयुद्धमा धकेलेको देखिन्छ।सिरियामा रहेको अाईएस शाखाले समेत यस्तो सहयोग अमेरिकाबाट प्राप्त गरेको तथ्यांक सन् २०१७ मै रुसि खुफिया एजेन्सिले सार्वजनिक गरेको थियो।देश टुक्र्याउने ,युद्ध भड्काउने र तख्ता पलट गराउने अपराध कर्ममा अमेरिकी साम्राज्यवाद संसारमै कुख्यात र बदनाम रहदै अाएको छ।मध्यपूर्व अहिले अमेरिकाको निशानामा रहेको छ।पेट्रोलियम भण्डार माथिको एकाधिकारको निम्ति अमेरिकाले मुस्लिम अातंकवादको नियन्त्रणका नाममा दुनियाँलाई तेश्रो विश्व युद्धको सन्मुखमा उभ्याउने दुस्साहस गरिरहेको छ।बग्दादीको मृत्युपछि फेरि पनि मध्यपूर्व र अरव जगतमा लाखौलाख वग्दादी र विनलादेनहरुको पूनर्जन्म भईरहने छ।किनकि अमेरिकी साम्राज्यवादको उपरोक्त चरित्र नै मध्य पूर्व र अरव जगतको शान्ति ,विकास र स्वतन्त्रता चाहने राष्ट्र ,र ब्यक्तिहरुको दुश्मन हो।यसका बिरुद्ध भोलिको लडाई अझै फराकिलो र खतरनाक हुनेमा कुनै संका छैन,ट्रंम्पहरुको नक्कली हासो अाफ्नै देशका जनता र विश्व जनमतलाई मूर्ख बनाउन चालिएको छुद्र र सनकि स्वभावको परिचायक मात्रै हो भन्दा फरक नपर्ला कि? 

प्रकाशित मिति: शनिबार, कार्तिक १६, २०७६