सुनकोसी न्यूज
जेष्ठ १ गते, शुक्रबार
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ हजार रुपैयाँले घटेको हो।महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार यही सुन प्रतितोला ३ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आज १० ग्राम सुनको मूल्य २ लाख ५५ हजार ९१५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन १० ग्राम सुनको मूल्य २ लाख ५९ हजार ३४५ रुपैयाँ रहेको थियो।सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ३५५ रुपैयाँले घटेर ५ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला ५ हजार ७४५ रुपैयाँ रहेको थियो।
यस्तै, १० ग्राम चाँदीको मूल्य ४ हजार ६२१ रुपैयाँ कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य उतारचढावका आधारमा नेपाल सुनचाँदी व्यवसायी महासंघले दैनिक रूपमा नेपाली बजारका लागि सुनचाँदीको मूल्य निर्धारण गर्दै आएको छ।

















Add Comment