मुख्य समाचार

रोशनी शाहीले भनिन्- महरा मेरा पिता समान, दुर्व्यवहार भएको छैन

काठमाडौँ । २४ घण्टाको समयान्तर बित्दानबिन्दै हाल राजीनामा दिएका सभामुखले बलात्कार गरेको भनी आरोप लगाउने पीडित भनिएकी रोशनी शाहीको सार्वजनिक भएको भिडियोले समग्र प्रकरणमै नयाँ ट्वीस्ट आएको छ ।अघिल्लो भिडियोमा शाहीले महरा आफ्नो कोठामा आएर आफूलाई बलात्कार गरेको र कुटपीट गरेको गम्भीर आरोप लगाएकी थिइन् । तर आज आएको भिडियोमा भने उनले अघिल्लो भिडियोमा  आफैंले बोलेका कुराहरुलाई पूरै खण्डन गर्दै आफूमाथि कुनै दुर्व्यवहार नभएको भन्दै बोली फेरेपछि घटना थप रहस्यमय बनेको छ ।
ध्यानयोग्य कुरा के छ भने, अघिल्लो भिडियोमा उनको बोली सुन्दा उनी पूर्ण होसहवासमा नरहेको अनुभव गर्न सकिन्छ । आजको भिडियोमा भने उनको बोली पूर्ण होसहवासमै रहेको तर उनका भनाइहरु, बोलाइहरु संगतीपूर्ण देखिन्न ।

याे पनिसभामुख महरामाथि जर्वजस्ती करणीको आरोेप लगाएकी संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले  आफ्नो पछिल्लो भिडियोमा महरा आफ्ना बाबु समान भएको भन्दै आइतबार महरा आफ्नो कोठामा समेत नआएको प्रस्टीकरण दिएकी छन् । नागरिक खवर डटकम अनलाइनलाई मंगलबार १६ मिनेट ४० सेकेन्डको भिडियो अन्र्तवार्ता दिदै शाहीले महरा सर आफ्नो बुबासमानको मान्छे भएको भन्दै उहाँमाथि लागेको अरोपमा कुनै सत्यता नभएको बताएकी छन् ।

सोमबार हाम्रा कुरा डटकम अनलाइनले लिएको शाहीको भिडियोे अन्तर्वार्तामा उनले आइतबार साँझ महरा आफ्नो कोठामा आएर मदिरा खानुका साथै आफुमाथि हातपात र करणी गरेको बताएकी थिइन् । तर, शाहीले यस्तो आरोप लगाएको केही घण्टापछि सभामुख महराको सचिवालयले खयडन गर्दै उनको आरोपमा कुनै सत्यता नरहेको जनाएको थियो ।

उनको यस्तो भिडियो सार्वजनिक भएपछि सभामुख महराले मंगलबार पदबाट राजीनामा दिइसकेका छन् । मंगलबार नै घट्नाबारे प्रहरीले अनुसन्धान सुरु गरेको बताएको थियो । तर, एकाएक शाहीले बोली फेरेपछि घटना थप रहस्यमय बनेको छ । यो घट्नाले नेपालका संचारमाध्यम, अनुसन्धान गर्ने निकाय रर राजनीतिक दलहरुको क्षमतामाथि नै गम्भीर प्रश्न गर्न सक्ने अवस्था सिर्जना गरेको छ ।

मिडियाको बयानबाजीबाट महरालाई राजीनामा समेत गराउने गरी विवादको तुफान खडा गर्ने पीडित भनिएका रोशनी शाहीले नै इन्कारी बयान गरेपछि घटनाको पटाक्षेप भएको तर्कहरुसहित सामाजिक सञ्जाल र मिडियामा ‘ट्रयाल’ चल्न शुरु भएको छ । तर यो सामान्य प्रकृतिको घटना नभई अत्यन्तै गम्भीर, राजनीतिमा दुरगामी प्रभाव पार्न सक्ने घटना भएकोले गर्दा यस समग्र प्रकरणमा विशेष छानविन गरेर सत्यतथ्य बाहिर ल्याउनु जरुरी छ । साँच्चनै हाल राजीनामा दिएका सभामुख महरा निर्दोष छन् भने यसबारेमा सार्वजनिक पत्रकार सम्मेलन गरेर प्रकाश पार्दा धेरै कुराहरु स्वतः स्पष्ट हुनेछ । त्यसमाथि थप आफू डिप्रेसनको रोगी भनी सार्वजनिक रुपमै स्वीकार्ने आरोपीले सेवन गरिरहेको औषधी, त्यसले पार्ने प्रभावका पाटोलाई समेत समेट्दै विशिष्ट घटनाको रुपमा यसबारे अनुसन्धान गरिनु उचित हुन्छ ।

रातोपाटीबाट

प्रकाशित मिति: मङ्लबार, अशोज १४, २०७६