मुख्य समाचार स्थानीय

लायन्स वृद्धाआश्रमलाई (एनआरएनए) कान्साईको सहयोग

काठमाडौं । लायन्स क्लब अन्र्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ ए २ ले गैर अवासीय नेपालीहरुको (एनआरएनए) संस्थाको हालै राजधानी काठमाडौंमा सम्पन्न भएको ९ औं महाधिवेशनबाट नवनिवार्चीत पाँच जना उपाध्यक्षद्वयहरु, महासचिव, दुई जना सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष लगायत नवनिर्वाचीत पधाधिकारीहरुलाई प्रमुख अतिथिको डिस्ट्रिक्ट गर्भनर लायन शोभा जोशीले खादा र दोसल्ला ओडाएर सम्मान गनर्’भएको थियो ।
त्यस्तै लायन्स क्लबहरुको पहलमा धुम्बराहीमा निर्माणाधिन लायन वृद्धाआश्रमका लागि ९एनआरएनए० कान्साई जापानका अध्यक्ष कृष्ण केसीले ९एनआरएनए० जापान कान्साईका तर्फबाट नगद दुईलाख दशहजार सहयोग दिनुभएको थियो । त्यस्तै लायन्स क्लब काठमाडौ धुम्बराहीका फस्ट भीडिजी लायन तुलसीराम कार्कीले एकलाख दशहजारको चेक, लायन्स क्लब काठमाडौ धुम्बराहीका डाईरेक्टर लायन दिलारामद्वारा जनही एकलाख दशहजार अर्का लायन सदस्य लायन दुर्गा फुयालले एकलाख एघारहजार लायन वृद्धाश्रमका लागि सहयोग निुभएको थियो ।
पीएमसीसी लायन ई।कयामुद्दिन, फस्ट भीडिजी लायन डा। शुशीला मल्ल, सेकेण्ड भीडिजी लायन केशव पाण्डे लागत विभिन्न लायन्स कल्ब पदाधिकारीहरुको बाक्लो उपस्थितिमा ९एनआरएनए० नवनिवार्चीत उपाध्यक्ष बद्री केसी, अर्जुनकुमार श्रेष्ठ, सनम लामा, रविना थापा, मन केसी, महासचिव हेमराज श्रेष्ठ, सचिव गौरीलाल जोशी, आर। के। शर्मा, कोषाध्यक्ष महेश कुमार श्रेष्ठ, सहकोषाध्यक्ष लोक प्रसाद दाहालका साथै अन्य पदाधिकारीहरु सम्मानित हुनु भएकाने थियो साथै १८ घण्टासम्म निरन्तर उभिएर सीतार बजाएको किर्तिमार्न राख्ने सीतारवादक सीतामायालाई समेत गर्भनरले उक्त कार्यक्रमबीच सम्मान गर्नुभएको थियो । कार्यक्रमका अतिथि जीएमटी मल्टिपल एरिया लिडर लायन शम्भु घिमिरेले स्वागत मनतव्य राख्नु भएको थियो भने डिस्ट्रिक्टका सेक्रेट्रि लायन दिनेश प्रसाद श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने अध्यक्षता धुम्बाराहि बृद्धाश्रमका अध्यक्ष लायन धनराज भडेलले गर्नु भयको थियो ।

प्रकाशित मिति: मङ्लबार, कार्तिक ५, २०७६