स्थानीय

मरिण–३ मा आयुर्वेदिक अस्पताल बन्दै, स्थानीयबासी उत्साहित

सुनकोशी न्युज, २०७६ असोज १५ गते
सिन्धुली । सिन्धुलीको मरिण गाउपालिका, वडा नं. ३ भालुमारास्थितमा आयुर्वेदिक औषधालय अस्पताल निर्माण हुने भएको छ ।
गाउँ पालिका को १० लाख ५४ हजार लागतमा उक्त अस्पताल बन्न लागेको हो । कल्पबृक्ष निर्माण सेवाले ठेक्का पारेर निर्माण कार्य अघि बढाएको छ । अस्पताल निर्माण सम्पन्न गर्नुपर्ने अबधि कर्तिकसम्म रहेको छ ।
मरिण गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष प्रख्यात मोक्तान, सदस्य सुब्बासिंह घलान लगायतले निर्माण कार्यको प्रगति अवस्था अनुगमन गरी समयमै निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिनुभयो ।
कुनै समय यातायात, विजुली, स्कुल र चुतनाका हिसाबले असाध्यै पछि परेको मरिण क्षेत्र जनयुद्धको राजनीतिक प्रभाव र संघीय लोकतान्त्रिक गणतन्त्रको प्राप्तिपछि क्रमशः विकासका खुड्कीला उक्लीन थालेको देख्न सकिन्छ । धरान चतरा देखि हेटौंडा हुदै गएको मदन भण्डारी राजमार्गले काटेको यो ठाउँको विकास निकट भविष्यामा अझ तीब्र गतिमा हुनेमा वडाध्यक्ष प्रख्यात मोक्तानको भनाई छ । गाउँमा आयुर्वेद अस्पताल बन्न लागेकोमा स्थानीय जनता उत्साहित देखिएका छन् ।

प्रकाशित मिति: बुधबार, अशोज १५, २०७६