स्थानीय

डाउनटाउन सहित चार लायन्स क्लबको Induction and Installation कार्यक्रम ईन्द्रणीमा सम्पन्न

काठमाडौ । लायन्स क्लब ३२५ ए २ अन्र्तगत रहेका लायन्स क्लब अफ काठमाडौ डाउनटाउन, लायन्स क्लब अफ काठमाडौ सेन्टिनियल, लायन्स क्लब अफ काठमाडौ कन्सर्न, लायन्स क्लब अफ काठमाडौ होली होम र लियो क्लब अफ काठमाडौ डाउनटाउनको संयुक्त Induction and Installation सेरोमनी बानेश्वर स्थित ईन्द्रेणी फुडल्याण्डमा सम्पन्न भएको छ ।
संयुक्त Induction and Installation सेरोमनीा ३२५ ए २ का डिस्ट्रिक्ट गर्भनर लायन शोभा जोशीको प्रमुख अतिथ्यतामा मल्टिपल जीएमटी एरिया लिडर लायन शम्भु प्रसाद घिमिरे, पीएमसीसी लायन ई. कयामुद्दिन, फस्ट भीडिजी लायन डा. शुशीला मल्ल, सेकेण्ड भीडिजी लायन केशव पाण्डे, पीडिजी मधुकरकुमार उपाध्याय, पीडिजी लायन रुद्रहरि ज्ञावाली, त्यस्तै क्याबीनेट सेक्रेट्री लायन दिनेस प्रसाद श्रेष्ठ, एडिशनल सेक्रेट्री लायन भरत प्रसाई, डिस्ट्रिक्टका ट्रजरर लायन शम्भू बहादुर थापा, मल्टिपलका प्रधुम्न पोखरेल, एरिया, रिजन, जोनका चियर पर्सन सहित विभिन्न क्लबहरुका पदाधिकारीहरु बाक्लो उपस्थिति रहेको थियो । डिस्ट्रिक्ट गर्भनर लायन शोभा जोशीले चौरवटा क्लबहरुलाई Induction र चार जना नया लायन सदस्य र चारजना लियो सदस्यहरुलाई Installation गरि लायन्सको पीनबाट स्वागत गर्नु भएको थियो ।
प्रकाशित मिति: आइतवार, अशोज १२, २०७६