स्थानीय

मरिण गाउँपालिकाको आफ्नै कार्यालय भवन बन्ने : संघीय सांसद गजुरेलबाट सिलान्यास्

सुनकोशी न्यूज, २०७६ असोज १०
मरिण, सिन्धुली । मरिण गाउँ पालिकाको कार्यालय भवन सिलान्यास सम्पन्न भएको छ ।
सिन्धुली प्रतिनिधिसभा सांसद हरिवोल गजुरेलले एक कार्यक्रमबीच भवनको सिल्यान्यास गर्नुभएको हो ।
उक्त भवन मरिण गाउँपालिका, वडा नं. ६ छापमा बन्न लागेको हो । डिप इन्जीनियरिङ कन्सल्ट एण्ड रिसर्च प्रा.लि.भक्तपुरले तयार पारेको भवनको डिपिआर अनुसार भवनको कुल लागत अनुमान ६ करोड, उन्नाइस लाख, अठार हजार, नौं सय छब्बीस रुपैंया र पचासी पैसा रहेकोमा ठेकेदार कम्पनी ब्ल्प् कन्स्ट्रक्सन कम्पनी लि. ले जम्मा चार करोड, ४२ लाख ४४ हजार ७ सय ९६ रुपैंया २८ पैसामा निर्माण सम्पन्न गर्नेगरी ठेक्का सकारेको छ ।
२०७६।०३।१७ मा भवन बनाउने निर्णय सदर भएको हो भने सम्झौता असार २६ गते भएको हो । सम्झौता भएको मितिले अठार महिनाभित्र भवन निर्माण कार्य सम्पन्न गर्नुपर्ने छ ।
प्रदेश नं. ३ बाट प्राप्त रु. ५० लाख र     कम बाहेक अरु सबै गाउँपालिका स्वयम्ले ब्यहोर्ने छ । बहुवर्षीय योजनाको रुपमा काम गरिएको छ

 

 

प्रकाशित मिति: शुक्रबार, अशोज १०, २०७६