मुख्य समाचार

१२ आना जग्गामा धुम्बाराहि लायन बृद्धाश्रम भवन निर्माणको तयारी

काठमाडौं । घटस्थापनाको शुभ अवसरमा धुम्बाराहि लायन बृद्धाश्रम भवनको शिलान्या डिस्ट्रिक्ट ३२५ ए २ कि डिस्ट्रिक्ट गर्भनर लायन शोभा जोशी र कामनपा वडा ४ का अध्यक्ष मोहन बिष्टबाट विधीविधान पुर्वक सम्पन्न भएको छ । समाजसेवि बलराम चापागाइले बर्षाै देखि उपभोग गरिरहनु भयको अवस्थामा वडानं ४ का अध्यक्ष मोहन बिष्टको पहल र समन्वयमा १२ आना जग्गा धुम्बाराहि बृद्धाश्रम भबन निर्माण लागि उपलब्ध गराइयको हो ।
समाज, परिवारबाट तिरस्कृत बहिस्कृत र अपहेलित भै सडक पेटि, मठ, मन्दिर, पाटि र पौवामा रोगभोक र प्यासले छटपटाइरहेका बृद्धा आमाहरुलाई ल्याएर विगत ६ वर्ष देखि निरन्तर रुपमा भाडामा सञ्चालित धुम्बाराहि बृद्धाश्रममा मानवोचित सेवा दिने कार्य भईरहेको थियो । बृद्धाश्रमका लागि प्राप्त १२ आना जग्गामा अत्याधुनिक सेवा सुविधा दिन सकिने भवन निर्माण गरि ४०/४५ बृद्धबृद्धा आमा बुबालाई सेवा दिने हाम्रो लक्ष रहेको धुम्बाराहि बृद्धाश्रमका अध्यक्ष लायन धनराज भडेलले आप्mनो लक्ष रहेको बताउनुभयो । हाल भाडामा सञ्चालित बृद्धाश्रममा १० जना आमाहरुले सेवा पाइरहनु भयको छ ।
शिलान्यासको शुभघडिमा आईपीडिजी लायन सुदर्शनधर प्रधानाङ्ग्गले भबन निर्माणार्थ उहाको बुबा आमाको स्मरणमा १०००००० र दस लाख सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । त्यस्तै फस्ट भीडिजी लायन डा शुसिला मल्लले १००००० एक लाख, लक्ष्मणराज भडेलले १००००० एक लाख र धुम्बाराहि लायन्स क्लबका प्रेसिडेन्ट लायन वसन्त बहादुर थापाले ५०००० पचास हजार नगद बृद्धाश्रमलाई प्रदान गर्नुभयो । त्यस्तै समाजसेबि वपेन्द्र कुमार श्रेष्टले १५१००० एकलाख एकाउन्न हजार बृद्धाश्रमलाई प्रदान गर्ने प्रतिबध्दता ब्यक्त गर्नुभयो ।
शिलान्यासको अवसरमा विगत लामो समय देखि सहयोग गर्दै आउनु भएकी गर्भनर लायन शोभा जोशिले ‘समाजसेवा भन्दा पुण्यकाम अरु हुनै नसक्ने बताउदै हामी सबै एकदिन मर्ने पर्ने हो लियर जाने केहि होइन यसकारण आफुले आर्जन गरेको केहि प्रतिसत समाज सेवामा लगायर पुण्य कमाउन’ सुझावदिदै पुण्यकार्यमा आफ्नो सहयोग निरन्तर रहिरहने बचनबद्धता व्यक्त गर्नु भएको थियो ।
सभासद नरोत्तम लाल बैद्धे, जेष्टनागरिक महासंघका महासचिब छत्र बहादुर प्रधान, पीडिजी लायन मधुकर कुमार उपाध्याय र दानबिर बलराम चापागाइले बृद्धबृद्धाहरुको हकहित अधिकार सम्बन्धमा परिवार, नागरिक र राष्ट्रको दायित्वबारे आफ्ना बिचार ब्यक्त गर्नु भयको थियो । शिलान्यास कार्यक्रममा लायन्सका बरिष्ट पदाधिकारिहरु, जापानका लागि पुर्व राजदुत महामहिम नारायण प्रसाद अर्याल र डा बिष्णुहरि नेपालकाका साथै बरिष्ट समाजसेबिहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता धुम्बाराहि बृद्धाश्रमका अध्यक्ष धनराज भडेलले गर्नु भयको थियो ।- योगेन्द्र प्रताप शाही

प्रकाशित मिति: सोमवार, अशोज १३, २०७६