Uncategorized समाचार हेडलाईन न्युज

प्रेस सेन्टरको साधारणसभामा पत्रकारलाई IT तालिम र सम्मान

सुनकोसी न्युज
जेठ १४ आइतबार, २०८०
साँखु, काठमाडौं । प्रेस सेन्टर नेपालकाे काठमाडौंको साँखुमा चलिरहेको साधारणसभा नयाँ ढंगले चलिरहेको सेन्टरका अध्यक्ष विष्णु सापकोटा जुगलले बताए । देशैभरिबाट सभामा सहभागी प्रतिनिधि पत्रकारलाई नेताहरूको पट्यारलाग्दाे भाषण नसुनाएर पत्रकारिता सम्बन्धि विभिन्न विधाका विज्ञहरूले प्रशिक्षण दिएका छन् । साधारणसभालाई उपलब्धिमूलक बनाउन यो व्यवस्था गरिएको सेन्टरका इन्चार्ज महेश्वर दाहालले बताएका छन् ।
विज्ञहरूले अहिले दुनियाँमा विकास भइरहेको नयाँ मिडिया ट्रेन्ड र टेक्नोलोजीका बारेमा बताउदै त्यसलाई कसरी आफ्नो पक्षमा हुनेगरी प्रयोग गर्ने भन्ने विषयमा प्रशिक्षण दिएका थिए ।
तालिममा महेश्वर दाहालले नयाँ मिडियाको ट्रेन्ड बारे, गाेविन्द आचार्यले मिडिया कानुन सम्बन्धि, युवनाथ लम्सालले एजेन्डा छनाेट सम्बन्धि, नरेश ज्ञावलीले अन्तर्राष्ट्रिय मिडिया ट्रेन्ड बारे, रविराज बरालले साेसल मिडिया र त्यसको सांस्कृतिक प्रभाव बाे र समीप सुवेदीले साेसल मिडियाको नयाँ टेक्नोलोजी प्रयोग सीप बारे र डाटा डाटा प्रयोगमा अपनाउनुपर्ने सावधानी बारे रेवति सापकोटाले तालिम दिएको वरिष्ठ उपाध्यक्ष कमल गिरिले जानकारी दिए। साधारणसभामा देशैभरिका सात प्रदेश, उपत्यका प्रदेश, प्रतिष्ठान प्रदेश, एसाेसियट र प्रदेश विभागका गरेर करिब ६ सय पत्रकारको सहभागिता रहेको महासचिव सन्तोष पाैडेलले जानकारी दिए। साधारणसभा आइतबार अपरान्हसम्म चल्ने कार्यक्रम रहेको उपत्यका प्रदेश इन्चार्ज निर्मल ज्ञवालीले बताए ।
कार्यक्रममा प्रेस सेन्टरका संस्थापक अध्यक्ष र सदस्यहरूलाई पहिलोपटक सम्मान गरिएको दाहालले बताए । यद्यपि संस्थापक सदस्य संख्यामा विवाद रहेको उनलेे स्विकारेका छन् । जनयुद्धका समयमा भूमिगत स्थानमा विशिष्ट परिस्थितिमा संगठन बनेकाले यो समस्या रहेको बताए ।
संस्थापक सदस्य खिलबहादुर भण्डारीलाई कृष्ण सेन स्मृति पत्रकारिता पुरस्कार पाएका छन् । जसको पुरस्कार रासी ५० हजार रहेको छ। शक्ति तारा पुरस्कार संगठनका दिवंगत उपाध्यक्ष त्रिभुवन पाैडेललाई मरणाेपरान्त प्रदान गरिएको छ। देशैभरिका जम्मा ११ जना उत्कृष्ट पत्रकार, ३ जिल्ला र एक प्रदेशलाई पुरस्कृत गरिएको थियोे ।

प्रकाशित मिति: आइतवार, जेष्ठ १४, २०८०