समाचार हेडलाईन न्युज

केही समयभित्रै ठूल्ठूला एक्सन हुदैछन् : प्रधानमन्त्री प्रचण्ड

सुनकोसी न्युज
जेठ १४ आइतबार, २०८०
साँखु, काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही सयमभित्र भ्रष्टाचारविरुद्ध ठूला ठूला एक्सन हुन लागेको बताउनुभएको छ । प्रेस सेन्टर नेपालको १९औँ साधारण सभा एवम् २१ औं कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “१० वर्षे जनयुद्धमा को कति बेला मारिने हो अत्तोपत्तो नहुनेगरी जसरी हाम फालेका थियौ, त्यसैगरी  अहिले पनि हामी भ्रष्टाचार र वेथितिविरुद्ध १० वर्षे जनयुद्धमा जस्तै हामफालिसकेका छौं । हामीलाई बिरोधीले कतिबेला एम्बुसमा पार्ने हो थाहा छैन । जसरी बिचार र वर्गको निम्ति समर्पित भएर जनयुद्धमा लागेका थियौ, त्यसैगरी अहिले पनि हामी त्यही शंकल्पका साथ लागेको छौं” ।

प्रधानमन्त्री प्रचण्डले जनयुद्धमा करोडौ जनताले साथ दिए जसरी अब भ्रष्टाचार र वेथिति विरुद्धको आन्दालेनमा साथ दिने दाबी गर्र्नुयभो । उहाँले भन्नुभयो, जसरी १० वर्षे जनयुद्धमा लाखौ करोडौ जनताको साथ पाएका थियौ, त्यसैगरी अब पनि हामी साथ पाउनेछौ । अहिले नदेखिएको मात्रै हो । केहि समय भित्रै ठुला ठुला एक्सन हुनेछन् । त्यसले ल्याउने तरंग पनि ठुलै हुनेछ र सबैको साथ जनयुद्धमा जस्तै पाउनेछौ ।

प्रधानमन्त्री प्रचण्डले संसदीय राजनीतिमा विचार र निष्ठानले भन्दा पनि संख्याले काम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, संसदीय राजनीतिमा सबै संख्याको खेल हुने रहेछ । यो कम्युनिष्टको सभा रहेनछ । बिचारले होइन संख्या र टाउकोले भूमिका निर्वाह गर्ने रहेछ । देशको नेतृत्व लिने संख्यामा हाम्रा टाउका छैनन् ।

आफुहरु नेतृत्वमा गएदेखि आफुहरुलाई असफल पार्ने तत्व लागिपरेको भए पनि आफुहरु घेरालाई छिचोल्दै अघि बढेको प्रधानमन्त्री प्रचण्डको भनाई छ । उहाँले भन्नुभयो, हामी नेतृत्वमा बसेको दिनदेखि अपमानित गर्ने र घेराबन्दी गर्ने कसरत भइरहेको छ । तर पनि हामी ति घेरालाई छिचोल्दै यो बिन्दुसम्म आइपुगेका छौ । सुशासन र समृद्धि नै प्रमुख लक्ष्य भएकाले अवसर र चुनौती दुबै हाम्रा माझ छ । यहाँसम्म आउदाँ जनतामा एउटा नयाँ अभियार र संस्कारको सुरुवात हुन खोजेको अनुभूति भइरहेको छ ।

प्रधानमन्त्री प्रचण्डले सहितका सपना पुरा गर्नका लागि पनि आफुहरुले अन्तिम लडाई लड्नै पर्ने अवस्था आएको बताउनुभएको छ । उहाँले प्रेस सेन्टर नेपाल जनमत तयार पार्ने अग्रमोर्चामा रहेकाले इमान्दिारिताका साथ र निष्ठाका साथ कृष्णसेन लगायतका सहिदलाई स्मरण गरेर स्वयमसेवी तरिकाले लडाईमा साथ दिन आग्रह पनि गर्नुभएको छ ।

प्रकाशित मिति: आइतवार, जेष्ठ १४, २०८०