मुख्य समाचार

कानुनले समर्थक कति छन् भनेर हेर्दैन, प्रमाण हेर्छ

सुनकोशी न्युज,

कानुनले कसका कति समर्थक छन भनेर हेर्दैन कसले के गल्ती गर्यो त्यो हेर्छ । राम रहिमलाइ Messenger of God मानिन्थ्यो । उनी भारतको प्रतिस्ठित समाजिक संस्था DSS का प्रमुख थिए । उनी विशेष गरी आध्यात्मिक गुरु पनि थिए ।

सन २०१५ मा Indian Express ले उनलाइ भारतको most powerfull person को सुचीमा ९६ औँ स्थानमा राखेको थियो । नेपालको कुल जनसङख्या जति छ त्यो भन्दा धेरै उनको संस्था बा प्रत्यक्ष लाभ लिन्थे । भने 50 million मनिस उनको संस्थामा प्रत्यक्ष सहभागी थिए । १३ वटा स्कूल, ३ हस्पिटल लगायत सयौँ Health Camphion उनको संस्था बाट सन्चालन भएको थियो । उडिसा साइक्लोन एवम् गुजरात भुकम्प देखी नेपालको बिनाशकारी भुकम्प पश्चात उनको संस्था सक्रिय रुपमा लागेको थियो । गिनिज बुक अफ वल्ड रेकर्डले उनलाई सर्वाधिक “Health Camp” सन्चालन गरे बापत सम्मानित पनि गरेको थियो । समग्रमा उनी करडौँ नागरीकका लागी साक्षत इश्वर थिए । जब एउटी महिलाले समाज सेवाको नाममा उनको आश्रममा हुने यौनजन्य कृयाकलापको पर्दाफास गर्दै एउटा आर्टीकल लेखिन् तब ह्ररीयाना सरकारले उनलाई पक्डन प्रहरी परीचाल ग-यो । त्यस पस्चात उनका लाखौँ भक्तहरू प्रर्दशनमा उत्रिए । आश्रमका कर्तुत छापिएको पत्रीका ” पुरा सच” का सम्पादकको पनि हत्या भयो, दंगा भड्कियो, करडौँको क्षति भयो । ३६ जनाले ज्यान गुमाए दर्जनौले आत्महत्या पनि गरे कैयौँ दिन सम्म कफ्यु लाग्यो । अन्तत हरीयाणा अदालतले बाबा रहिम लाइ दोषि ठहर गर्दै २० बर्ष जेल सजाय सुनायो । नेपालका प्रभावशाली राजनैतिक नेतृत्वकर्ता मानिएका खुमबहादुर खड्काका हजारौं समर्थक थिए भ्रष्टाचार प्रमाणित भएपछि उनले जेल जीवन भोग्नुपरेको थियो । बालकृष्ण ढुंगेल लाई निर्दोष छन भन्नेहरु पनि प्रसस्तै थिए तर अदालतले उनलाइ हत्या आरोपमा सजाय सुनाएको थियो । रेशम चौधरीका पनि हजारौं समर्थक छन तर उनिपनी टिकापुर हत्याकाण्डको योजनाकार भएको आरोपमा जेलमा छन । रवि लामिछाने दोषी हुन वा निर्दोष त्यो अदालतले छुट्याउँछ । हामिले होइन । समर्थक भएकाहरुले गल्ती नै गर्दैनन् भन्ने हुँदैन । दोषी हुन भने सजाय भोग्नेछन । निर्दोष हुन भने रिहा भएर आएपछि फसाउन खोज्नेहरुको पर्दाफास गर्नेछन । पावर र पहुँच भएकाहरुलाइ सम्म सजाय हाम्रै देशको कानुनले पनि दिएको इतिहास छ । न्यायको विश्वास गरौं सत्यको विजय निश्चित छ

प्रकाशित मिति: शनिबार, भदौ ७, २०७६