सम्पादकीय हेडलाईन न्युज

फाेहाेर व्यवस्थापन गर्न नसकेपछि दलहरूलाई गाली गरेर दिन बिताउदै् बालेन

सुनकोसी न्युज
भदौ १ गते २०७९
काठमाडौं । बालेनसँग सवाल-जवाफमा उत्रन खासै मन छैन । किनकि उनी काठमाडौंका जनताले राजनीतिक दलकाे निकम्मापन प्रति व्यक्त आक्राेशकाे बिम्ब दाेस्राे नानीमैया मात्रै हुन्। उनीसँग महानगरकाे विकास र पून: संरचनाको कुनै योजना र नयाँ दृष्टिकोण छैन भन्ने अहिलेसम्मको गतिविधिले स्पष्ट भइसकेको छ। काठमाडौंको फाेहाेर व्यवस्थापनको नाराले जनता, खासगरी नयाँ युवा पिडीलाई भ्रम दिन सफल बालेनसँग फाहाेर व्यवस्थापनको कुनै नयाँ र सिर्जनशील दृष्टिकोण र योजना नहुनु उनको दिमाग लगभग खालि छ भन्ने प्रमाण हाे। काठमाडौंको फाेहाेर बञ्चरेडाँडामाा लगेर फ्याक्न अरु दलका मेयरले नसकेर उनलाई जिताएका हाेइनन्। खासमा उनलेे फाेहाेरलाई काठमाडौंमै नयाँ ढंगले व्यवस्थापन गर्ने ल्याकत राख्लान् कि भन्ने झिनो अपेक्षा जनतालाई थियोे, त्यो विश्वास अहिले लगभग गुमेको छ । किनकि उनी दलहरूले बनाएको त्यही घेरामा फन्काे मारिरहेका छन् र दलहरूलाई गालि गरेर दिन बिताइरहेका छन् , त्यसलाई ताेडेर अघि बढ्न सकेका छैनन् । यो अर्थमा विहानीले दिनको शंकेत गर्छ भनेझैं बालेन् लगभग फेलियर भइसकेका छन् । उनलाई भाेट हाल्ने मतदाता र जनता लगभग निराश भइसकेको स्पष्ट देखिन्छ । यसको मतलब सचेत जनताहरू संगठित भएर मिलेर योजनामा काम गर्ने राजनीतिक दलहरू यस्ता आक्राेशका अभिव्यक्तिभन्दा कयौं गुणा अग्रगामी र प्रगतिशील हुन्छन् । किनकि त्यहाँ यस्ता हजारौं बालेनहरूकाे केन्द्रिकरण हुन्छ, हजारौंको दिमागले एकसाथ काम गरिरहेको हुन्छ। तर दलका केही नेताको अदूरदर्शी कदम र निर्णयले पूरै दललाई बदनाम गरिरहेकाले दलहरू गम्भीरतापूर्वक सच्चिन भने जरुरी छ। बालेन वा रवीन्द्रहरू कदापि बिकल्प हाेइनन्। दलीय व्यवस्थाको विकल्प झन् सशक्त दलीय व्यवस्था नै हाे, निर्दलीय हिराेगिरि हाेइन।

प्रकाशित मिति: बुधबार, भदौ १, २०७९