मुख्य समाचार

रवि लामिछानेसहित ३ जनालाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

 पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेसहित ३ जनालाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत चितवनले अनुमति दिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले घटना अनुसन्धानका लागि तीनै जनालाई हिरासतमा राख्न शुक्रवार अदालतमा अनुमति मागेको थियो ।

सञ्चारकर्मी लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई हिरासतमा राख्न अदालतले अनुमति दिएको हो । पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरिएको भनिएको भिडियोमा आफूले आत्महत्या गर्नुको कारण बताउँदै तीनै जनामाथि आरोप लगाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ३१, २०७६