मुख्य समाचार

सिन्धुलीमा अन्तराष्ट्रिय युवा दिवस–२०१९ मनाइयो

सुनकोशी न्युज, २०७६ श्रावण २७ गते सोमबार
‘शिक्षामा रुपान्तरण, उद्यमशीलता र नवप्रवद्र्धन’ भन्ने नाराका साथ आज सिन्धुलीमा अन्तराष्ट्रिय युवा दिवस मनाइएयो ।
‘नगर विकासमा युवाको भूमिका’ विषयक अन्तरकृया कार्यक्रमका साथ युवा दिवस मनाइएको छ । कार्यक्रममा कमलामाई नगरपालिकाकी उपमेयर मञ्जु देवकोटाले युवालाई शसक्तिकरण गरेर राष्ट्र निर्माणको नेतृत्व दिनुपर्ने बताउनु भयो । उहाँले युवा राष्ट्रको मेरुदण्ड भएकाले पलायन हुनबाट जोगाएर स्वारोजगार र उद्यमशील बनाउनु पर्ने बताउनु भयो । कार्यक्रममा स्थानीय समाजशास्त्री सागर ढकाल, सिन्धुली जिल्ला युवा समिति अध्यक्ष सञ्जय दाहाल लगायतले सम्वोधन गरेका थिए ।
कार्यक्रमको सहआयोजकमा नमूना युवा सांसद नेपाल, सिन्धुली, जिल्ला युवा समिति र कमलामाई नगरपालिका रहेका छन् ।

प्रकाशित मिति: सोमवार, साउन २७, २०७६

 

 

ताजा अपडेट