समाचार हेडलाईन न्युज

कसैको दबाबमा नभई आफ्नै खुसीले माओवादी केन्द्रलाई रोजे: वली

सुनकोशी न्युज

२०७८ बैशाख १९ गते आइतबार

आइतबार लुम्बिनीमा पत्रकार सम्मेलन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य विमला वलीले कसैको दबाबमा नभई आफ्नै खुसीले माओवादी केन्द्रलाई रोजेको बताएकी छन् ।

‘निर्वाचनका बेला मैले माओवादीबाट सपोर्ट पाएको थिएँ । कसैले मलाई आउनुपर्छ भनेकाले होइन, मैले आफ्नै खुसीले यो दल रोजेकी हुँ,’ उनले भनिन्।

आफू निर्वाचित भएर आउँदा एमाले र माओवादी एकजुट रहेको, त्यतिबेला को माओवादी र को एमाले भन्ने आफूलाई थाहा नभएको उनको भनाइ थियो। ‘म आउँदै गर्दा पार्टी एकजुट थियो। मैले नेकपाबाट निर्वाचन जितेँ,’ पत्रकार सम्मेलनमा उनले भनिन्।

उपनिर्वाचनमा आफूले माओवादी नेताहरूबाट नै बढी समर्थन र सहयोग पाएकाले सोही पार्टीमा लाग्ने निर्णय आफूले गरेको विमलाको भनाइ थियो।

प्रकाशित मिति: आइतवार, बैशाख १९, २०७८